दक्षिण एशियाली यूवा सम्मेलनको पूर्व तयारी स्वरुप माल्दिभ्सको राजधानी मालेमा आयोजित कार्यक्रममा नेपालको तर्फबाट प्रतिनिधित्व गरेर चर्चामा आएका पर्वत बेनीका सरोज सापकोटा उत्कृष्ट ८ मा छनौट भएर प्रतिस्पर्धामा छन् ।

दक्षिण दक्षिण एशियाका यूवाहरु ीवचको छनौटमा सापकोटा विभिन्न चरणहरु पर गदैं उत्कृष्ट ८ मा प्रवेश गरेका छन् । .  ’People choice award-2017’ पहिलो चरणमा हरेक देशबाट छनौट गरेका एक– एक जनामा सरोज छनौट भएका हुन् ।

‘छनौटमा पर्नु ठुलो सफलता हो, अझैपनि मलाई भोटिङबाट सहयोग आवश्यकता छ’ सापकोटाले बेनीअनलाइनलाई भने । एशियाका यूवाहरूको प्रतिस्पर्धामा आफ्नो देशका बारेमा बोल्ने अवसर मिलेको छ‘ सापकोटाले भने । उनले आगामी अक्टोवरमा हुने कार्यक्रममा भोटिङ र भाषणबाट विजेता घोषित गरिने छ ।

पर्वतको होराईजन बोर्डिङ, म्याग्दीको माउण्ट एभरेष्टबाट उच्च शिक्षा हासिल गरेका सापकोटा भारतमा सिए अध्ययन गरिरहेका छन् । उनले नेपालको प्रतिनिधित्व गदैं भारतमा समेत प्रतिनिधित्व गरेका थिए । भारतमा सिए अध्ययरत १० हजार विद्यार्थीको साझा संस्था हातेमालो नेपालको अध्यक्ष समेत रहेका सापकोटाले आर्थिक अभाव, भूकम्प, बाढीपहिरो प्रभावित लगाएतलाई राहत संकलनमा समेत नेतृत्वदायी भूमिका खेलेका छन् ।

पढाईमा समेत अब्बल रहेका सापकोटाले भारतमा विरामी भएर जाने नेपालीलाई रगतको ब्यवस्था समेत गर्ने यूवामा पर्छन् । आगामी सेक्टेम्बर १७ देखी २० सम्म भारतको भूवनेश्वरमा आयोजना हुने कार्यक्रममा नेपालबाट सामाजिक अभियान्ता अनुराधा कोइराला समेत सहभागिता जनाउने कार्यक्रम रहेको छ ।