विरेन्द्रचोक टोल सुधार समितिले प्रमुख जिल्ला अधिकारीलाई स्वागत गरेको छ । हालै जिल्लामा आउनुभएका प्रजिअ कृष्णप्रसाद अधिकारीलाई निवासमा पुगेर टोल सुधार समितिका अध्यक्ष दलप्रसाद श्रेष्ठ लगाएतको टोलीले सम्मान गरेको छ।
सम्मान कार्यक्रममा टोल सुधार समितिले गरेका कार्यक्रमका बारेमा समेत जानकारी गराएको थियो।

सोही अवसरमा बोल्दै प्रजिअ अधिकारीले टोलभित्र प्रशासन कार्यालय समेत पर्ने भन्दै आफुँ छिमेकी समेत भएकाले टोल सुधार समितिका कार्यक्रमहरुमा सहभागिता जनाउने प्रतिबद्धता जनाएका थिए । उनले समिति मार्फत सार्वजनिक शौचालय, निशुल्क खानेपानीको ब्यवस्था, नियमित सरसफाई लगाएतका सामाजिक कार्यहरुका बारेमा जानकारी पाएको बताए । उनले टोलको कार्यबाट निकै उत्साहित भएको बताउँदै आगामी दिनमा पनि निरन्तरता दिन अनुरोध गरे ।

सम्मान कार्यक्रममा समितिका उपाध्यक्ष पूर्ण बहादुर कार्की, सचिव लाल बहादुर थापा, कोषाध्यक्ष पुष्पा पुन लगाएतको उपस्थिती रहेको थियो । बेनी नगरपालिका भित्र नियमित गतिविधि गर्ने र उत्कृष्ट काम गरेको भन्दै टोल सुधार समिति यसअगाडी नै सम्मानित भइसकेको छ ।