विद्युतका जिर्ण काठेपोल फेरिदै

0
209

बेनी नगरपालिकाका विभिन्न वडामा झन्डै डेढ दशक अगाडी गाडिएका विद्युतका काठेपोल जिर्ण भएपछि मर्मतकार्य सुरु गरिएको छ ।बस्ती आस्पासका क्षेत्रमा रहेका काठेपोल कुहिन थालेपछि दुर्घटनाको सम्भावनलाई मध्यनजर गदैं नेपाल विद्युत प्राधिकरण म्याग्दी वितरण शाखाले बजेट विनियोजन गरेपछि स्थलगत अनुमन सुरु गरेको छ ।

पहिलो चरणमा पहिलो चरणमा नगरपालिकाको १ देखी १० वडासम्म रहेका काठेपोलहरुमा जोखिमपूर्ण अवस्थामा रहेका पोललाई विस्थापित गरी नयाँ राखिने प्राधिकरण म्याग्दी वितरण शाखाका सहायक इन्जिनियर कृष्ण शर्माले बताए ।

‘टेन्डर भएर ठेकेदारले काम सुरु गरिसकेका छन् ।जिर्ण भएका पोलहरुलाई हटाएर आवश्यकता अनुसार राखिने छ’ उनले भने ।४ लाख ९८ हजारमा टेन्डर मार्फत ७८ वटा पोल जडानका लागि आचार्य निर्माण सेवाले जिम्मा लिइसकेको छ । बेनी नगरपालिकाको रत्नेचौर, ज्यामरुककोट, सिंगा र पुलाचौरका जिर्ण पोलहरु फेरिने छ ।

सदरमुकाम बेनी नजिक रहेका बस्तीहरुमा समेत टेको लगाएर राखिएका काठेपोलका कारण कुनैपनि बेला मानवीय क्षती हुनसक्ने भन्दै स्थानीयबासीले समेत पटक पटक दवाव दिने गरेका थिए । हालै सरुवा भएर आएका बेनी वितरण केन्द्रका प्रमुख नेत्रमणी न्यौपानेले विद्युत आपूर्तिलाई सहज बनाउन सेवाग्राहीको समस्यालाई समेत विषेध ध्यान दिने बताए ।

‘गुनासोलाई तत्कालै सम्बोधनको प्रयास गरिने छ ।पुराना पोल फेर्ने क्रममा त्यहाँका जनताको समस्यालाई समेतसङ्कलन गरेर ल्याउन कर्मचारीलाई निर्देशन दिएको छु’ उनले भने ।बेनी बजार र ग्रामिण क्षेत्रमा नयाँ टास्फर्मरको जडानका लागि समेत पहल भइरहेको बताए । उनले ग्रामिण क्षेत्रमा एउटा बस्तीबाट अर्को बस्तीमा लगिएको विद्युतका कारण डिम लाइनको समस्या देखिएको बताउँदै विस्तारै समाधान गरिने बताए ।

बेनी नगरपालिका, मंगला, मालिका, रघुगंगा र अन्नपूर्ण गाउँपालिकामा करिव २५ सय काठेपोल जिर्ण अवस्थामा रहेका प्राधिकरणका कर्मचारीले जनाएका छन् । विद्युतिकरणको क्रममा काठेपोल जडान गरिएपनि हालसम्म फेरिएको छैन् । खेतबारी र नियमित पानी पर्ने ठाउँमा रहेका पोल जिर्ण अवस्थामा रहेका छन् । काठको पोल विस्थापित गरी फलामको पोल माग गरिएपनि बजेटको अभावका कारण आवश्यकता अनुसार पुर्याउन समस्या भइरहेको बेनी वितरण केन्द्रले जनाएको छ ।

बेनी नगरपालिका–२ खान्दुलामा भोल्टेजको समस्या र काठेपोल जिर्ण भएको भन्दै स्थानीयबासीले बेनी वितरण केन्द्रका प्रमुखलाई ज्ञापनपत्र बुझाउँदै । तस्वीर हरिकृष्ण गौतम