निजामति दिवसमा रक्तदान, १९ पिन्ट रगत सङ्कलन (तस्विरसहित)

0
278

‘निजामति कर्मचारीको प्रतिबद्धताः पारदर्शिता र चुस्तता’ भन्ने मूल नारासहित बिहीबार म्याग्दीमा १३औं निजामति सेवा दिवस–२०७४ मनाइएको छ । निजामति सेवा दिवस मूल समारोह समिति म्याग्दी र निजामति कर्मचारीहरुको आधिकारीक टे«ड युनियन जिल्ला कार्यसमिति म्याग्दीको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम गरी दिवस मनाइएको हो । जिल्ला स्वास्थ्य कार्यालयको प्राङ्गणमा आयोजित रक्तदान कार्यक्रममा विभिन्न १९ जनाले रक्तदान गरेका छन्भने १९ पिन्ट रगत सङ्कलन गरिएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला न्यायाधीश रामप्रसाद शर्माले रक्तदान जीवनदान भएकाले धार्मिक हिसाबले पनि पूर्णित कार्य भएको बताए । कार्यक्रमको उद्देश्यमाथी प्रकाश पार्दै म्याग्दीका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीले तराईमा आएको बाढी तथा डुबान लगायतका कारण देश शोकको अवस्थामा रहेकाले मानवीय सहयोग पु¥याउन रक्तदान कार्यक्रम आयोजना गरिएको जानकारी गराएका थिए ।

कार्यक्रमको अवसरमा म्याग्दी जिल्लास्थित विभिन्न सरकारी कार्यालयका कर्मचारी र नेपाली सेनाका जवानहरुले रक्तदान गरेका थिए । कार्यालयका प्रमुख तथा प्रतिनिधि, निजामति कर्मचारी र पत्रकारलगायत सहभागी रहेको कार्यक्रमको सहायक प्रमुख जिल्ला अधिकारी शोभाखर पोखरेलले सञ्चालन गरेका थिए । नेपालमा वि.सं. २०१३ सालमा निजामति सेवा सुरु भए पनि दिवस मनाउन थालिएको भने १३ वर्ष पुरा भएको हो । निजामति सेवा ऐन २०४९ समेत लागू भएको छ । तर, हरेक वर्ष दिवस मनाउँदै आएपनि निजामति सेवा परिणाममुखी र जनमुखी बन्न नसकेको सेवाग्राहीले गुनासो गर्ने गरेका छन् ।