म्याग्दी प्रवासी नेपाली संघ (मोना हङकङ)ले माध्यामिक शिक्षा परिक्षा ‐एसईई) उत्कृष्ट अङ्क ल्याउने सामुदायिक विद्यालयमा विद्यार्थी सम्मान गरेको छ । ३८ औ शिक्षा दिवस तथा अन्र्तराष्ट्रिय साक्षरता दिवसको अवसरमा गतबर्ष सम्पन्न भएको परिक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई नगद र सम्मानपत्रले सम्मान गरिएको थियो ।

बेनी नगरपालिका–४ सिंगामा आयोजित कार्यक्रममा प्रकाश मावि बेनीकी सोनी जिसी ‐३.६५),जनप्रयि मावि दरवाङका बालकृष्ण सापकोटा,बेनी सामुदायिक मावि बेनीका प्रेमसागर पौडेल,जामुनाखर्क मावि अर्थुङ्गेका आयूष ढुंगाना र राष्ट्रिय मावि घतानका अमृत पुरीले ‐३.५५) जिपिए प्राप्त गरेका थिए ।

सर्वोत्कृष्ट नतिजा ल्याउने छात्रा जिसीलाई ४० हजार नगद र समान जिपिए ल्याउने चारजना छात्रलाई प्रति विद्यार्थी १० हजार नगदले जिल्ला समन्वय समितिका सभापति देबेन्द्र केसी, प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद अधिकारी, मोना म्याग्दीका संरक्षक सुवास कुमार श्रेष्ठ, मोना हङकङका प्रतिनिधि रमेश गिरीले सम्मान गरेका थिए ।

त्यस्तै सर्वोत्कृष्ट नतिजा ल्याउने विद्यालयलाई नगद १० हजार र छात्र तर्फ उत्कृष्ट नतिजा ल्याउने चार विद्यालयलाई प्रति विद्यालय २ हजारको दरले पुरस्कृत गरिएको थियो । सोही अवसरमा शिक्षा दिवसको ब्यवस्थापन गरेको धौलागिरि माविलाई ७ हजार ब्यवस्थापन खर्च समेत सहयोग गरेको छ ।  मोना हङकङले जिल्लाका तीनवटा अपाङ्कता भएकाहरुले अध्ययरत गर्ने स्रोत कक्षामा प्रति विद्यालय ११ लाखको अक्षय कोष, बेनी अस्पतालमा डिजिलट एक्सरे, छात्रबृद्धि, सर्वोत्कृष्ट विद्यार्थीलाई पुरस्कारका साथै आर्थिक अवस्था कमजोर भएकाहरुको उपचार र विकास निर्माणमा समेत सहयोग गरेको छ ।