यसरी मनाइयो म्याग्दीमा शिक्षा तथा अन्तर्राष्ट्रिय साक्षरता दिवस (फोटो फिचर)

0

‘सङ्घीय नेपालको आधार, स्तरीय शिक्षा सबैको अधिकार’ भन्ने मूल नारासहित म्याग्दीमा विविध कार्यक्रमको आयोजना गरी शुक्रबार ३८औं शिक्षा तथा अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइएको छ । जिल्ला शिक्षा कार्यालयको आयोजना र धौलागिरि माध्यमिक विद्यालय सिङ्गाको व्यवस्थापनमा उत्कृष्ट विद्यार्थी सम्मान तथा पुरस्कृत, साक्षर वडा घोषणा लगायतका कार्यक्रमहरु गरी दिवस मनाइएको हो ।

कार्यक्रमको अवसरमा २०७३ सालको माध्यमिक शिक्षा परीक्षाबाट जिल्लामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी, जिल्लास्थित विभिन्न सामुदायिक तथा संस्थागत विद्यालयलाई प्रशंसापत्र र नगदसहित सम्मान गरिएको थियो । यसैगरी सोही अवसरमा बेनी नगरपालिकाको ४ नम्बर वडा साविकको सिङ्गा गाविसलाई साक्षर वडाका रुपमा घोषणा गरिएको छ । सो वडामा १५ देखि ४९ वर्ष उमेर समूहका कुल जनसङ्ख्याको ९६ दशमलब ८९२ प्रतिशत साक्षर भएपछि वडालाई साक्षर घोषणा गरिएको स्रोतव्यक्ति केशवप्रसाद रेग्मीले बताए । जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देवेन्द्र केसीले कार्यक्रमका सहभागीहरुलाई साक्षर वडा घोषणाको शपथ खुवाएका थिए ।

कार्यक्रमको उद्घाटन गर्दै समन्वय समिति प्रमुख केसीले समाजको सबैभन्दा महत्वपूर्ण क्षेत्र शिक्षा भएको हुँदा शिक्षा क्षेत्रको गुणस्तरीय विकासमा जोड दिनुपर्ने बताए । उनले समाजका सबै नागरिकहरु साक्षर भएमा मात्रै विकासले फड्को मार्ने बताउँदै दीगो विकासका लागि शिक्षाको प्रवद्र्धन गर्नुपर्ने बताएका छन् । सोही कार्यक्रममा बोल्दै म्याग्दीका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीले मेला, पर्वका नाउँमा विद्यालय हाताभित्र कार्यक्रम गरी पठनपाठन अवरुद्ध पार्ने र मादकपदार्थ बिक्री वितरण गरिएको पाइएमा कार्वाही गरिने बताए ।

जिल्ला शिक्षा अधिकारी रामकुमार श्रेष्ठले जिल्लाको १९ मावि, २३ निमावि र ५ प्राविमा दरबन्दी शुन्य रहेकाले शिक्षा समितिले पूर्णता पाउने र शिक्षक महासंघ गठन हुन सकेमा समस्या समाधानमा सहयोग पुग्ने बताए । उक्त कार्यक्रममा धौलागिरि माविले विभिन्न समयमा विद्यालयलाई सहयोग पु¥याउने व्यक्तिहरुलाई प्रशंसापत्रसहित सम्मान गरेको थियो ।

कार्यक्रममा एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन प्रदेशनम्बर ४ संयोजक सोमनाथ ढुङ्गाना, नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष दुर्गाराम सुवेदी, नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका उपाध्यक्ष लेखबहादुर हमाल, प्याब्सन म्याग्दीका उपाध्यक्ष शिवकुमार श्रेष्ठ, गैरसरकारी संस्था महासंघका अध्यक्ष हरिप्रसाद पौडेल, नेपाल गाजा डेभलपमेन्ट फाउन्डेशनका जिल्ला संयोजक हरिकृष्ण गौतम, धौलागिरि माविका प्रअ डण्डपाणि सापकोटा र विद्यार्थी जगदिश पौडेलले मन्तव्य राखेका थिए ।

धौलागिरि मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अणबहादुर खड्काको अध्यक्षता, सदस्य मोहनप्रसाद रेग्मीको स्वागत र जिल्ला शिक्षा कार्यालयका विद्यालय निरीक्षक विश्वप्रकाश रेग्मीको सञ्चालनमा सम्पन्न कार्यक्रममा विद्यार्थीहरुले गीत तथा नृत्य प्रस्तुत गरेका थिए । औपचारिक कार्यक्रम सुरु हुनुपूर्व शिक्षक तथा विद्यार्थीले ¥यालीसहित प्रभातफेरी गरेका थिए ।