बेनी–जोमसोम सडकबाट खसेर दुई बेपत्ता

0

बेनी–जोमसोम सडकखण्डमा भीर र सडकबाट खसेर दुईजना बेपत्ता भएका छन् अन्नपूर्ण गाउँपालिका–३ दानाको काभ्रेभीरमा शनिबार प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिरको दर्शनका लागि समुहमा आएका ललन शर्मा सडकबाट खोचमा खसेका हुन् ।

जोखिमपूर्ण सडक मर्मत भइरहेको अवस्थामा पैदलयात्रा गरेर मुस्ताङको घाँसा तर्फ जाने क्रममा भीरबाट खसेर बेपत्ता भएको दाना प्रहरी चौकीले जनाएको छ । बेपत्ता भएका शर्माको गलबन्दी भिरमा भेटिएको छ ।

उनको खोजीकार्य भइरहेको प्रहरीलाई उद्धित गदैं कालिगण्डकी करिडोरका सुपरभाईजर इन्द्रसिंह शेरचनले बेनीअनलाइनलाई बताए । शुक्रबार अन्नपूर्ण गाउँपालिका–३ भुरुङ तातोपानीको भीरबाट मोटरसाईकल सहित खसेर हेटौडा उपमहानगरपालिका–६ का २५ बर्षिय बादल बम्जन बेपत्ता भएको सिमा प्रहरी चौकी तातोपानीले जनाएको छ ।

ग १२ प ५३४ नम्बरको मोटरसाईकलमा बेनी तर्फ आउँदै गरेका बमजम भीरबाट कालिगण्डकीमा खसेका थिए । सडकखण्ड अन्र्तरगत घाँसा देखी दानासम्म यसअगाडी समेत पटकपटक स्वदेशी तथा विदेशी पर्यटकले ज्यान गुमाउनुका साथै घाईते हुने गरेका थिए।