नेपाली कांग्रेस म्याग्दीले शनिवार जिल्ला सम्मेलन एवम् प्रशिक्षण कार्यक्रमको आयोजना सहित १०४ औं विपी जन्मजयन्तीको मनाएको छ ।

विसं १९७१ साल भदौ २४ गते जन्मिएका विश्वेश्वरप्रसाद कोइराला क्रान्तिद्रष्टा, सिद्धान्तनिष्ठ र अटल राष्ट्रवादका धनी हुनुका साथै साहित्यमा अराजक र राजनीतिमा व्यवहारवादी हुनुहुन्थ्यो । स्व।कोइरालाले २००३ सालमा नेपाली राष्ट्रिय कांग्रेसको स्थापना गर्नुभएको थियो ।

नेपालको प्रजातान्त्रिक आन्दोलन र नेपाली साहित्यमा विशिष्ट योगदान पु¥याएका प्रथम जननिर्वाचित प्रधानमन्त्री विपी कोइरालाले राणा शासन अन्त्य गरी मुलुकमा प्रजातन्त्र स्थापना गर्नुका साथै २००७ सालको क्रान्तिको नेतृत्व समेत गर्नुभएको थियो । कोइराला २०१५ सालमा भएको पहिलो आम चुनावपछि जननिर्वाचित पहिलो प्रधानमन्त्री बन्नुभएको थियो ।

स्वर्गीय कोइराला नेपाली राजनीतिमा मात्र नभई साहित्यका फाँटमा पनि त्यतिकै चर्चित हुनुहुन्छ । कोइरालाका आत्मकथा, जेल जर्नल, दोषी चस्मा, यहूदी र हिटलर, सुम्निमा, मोदीआइन, श्वेत भैरवी, तीन घुम्ती, नरेन्द्र दाईलगायतका थुप्रै बहुचर्चित कृति प्रकाशित छन् । घाँटीको क्यान्सरका कारण २०३९ साल साउन ६ गते कोइरालाको निधन भएको थियो ।

विपी जन्मजयन्तीको अवसर पारेर म्याग्दी कांग्रेसले शनिवार नै छैठौं जिल्ला अधिवेशन पछिको पहिलो जिल्ला सम्मेलन र प्रशिक्षण कार्यक्रम समेत सम्पन्न गरेको छ । प्रशिक्षण कार्यक्रममा प्रशिक्षक देवराज चालिसेले नेपाली कांग्रेसको भावि रणनीति,कार्यदिशा र विपीको विचारलाई समाजमा स्थापित गर्ने उपायका वारेमा प्रशिक्षण दिनुभएको थियो ।
कार्यक्रममा पूर्व सहसभापति नेत्रवहादुर महत,जिल्ला कार्य समितिका सदस्य अजयमिलन श्रेष्ठ,क्या।बलबहादुर तिलिजा,लगाएतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

नेपाली कांग्रेस म्याग्दीका सभापति खमवीर गर्वुजाको अध्यक्षता,सांसद रेशमवहादुर बानियाँको प्रमुख आतिथ्यता,प्रशिक्षक देवराज चालिसेको विशिष्ट आतिथ्यता,सदस्य माधवप्रसाद रेग्मीको स्वागत र सचिव क्या।मीनवहादुर कार्कीको संचालनमा सम्पन्न कार्यक्रममा सचिव हरिकुमार श्रेष्ठले प्रगति प्रतिवेदन,कोषाध्यक्ष टंक हमालले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

सोही अवसरमा ६ जनालाई जिल्ला कार्यसमितिमा मनोनित गरिएको थियो । मालिका गाउँपालिकाकी रुमकी विमला रोका, चम पुन, ओखरबोटका मेख बहादुर पुन, धौलागिरि गाउँपालिकाको मुनाका डम्बर भण्डारी, ताकमका याम हर्मेल र बेनपा–१ रत्नेचौरका लाल बहादुर थापा ‘माईकल’ रहेका छन् । मनोनित हुनेमा रोका मालिकाको उपप्रमुखमा र भण्डारी धौलागिरि गाउँपालिकामा उपप्रमुखमा पराजित भएका थिए । धु्रबसागर शर्मा