काठमाण्डौ जेसीजले आयोजा गरेको मिस टिन नेपाल २०१७ को उत्कृष्ट २० मा म्याग्दीकी प्रशंसा श्रेष्ठ छनौट भएकी छन् । बेनी नगरपालिका–७ हुलाकचोकी श्रेष्ठले प्रतियोगितामा उत्कृष्ट प्रर्दशनका साथै फाइनल चरणमा प्रवेश गरेकी हुन् । न्यु बेष्ट प्वाइन्ट आवासीय माविबाट एसइई दिएर उच्च शिक्षाका लागि काठमाण्डौमा रहेकी श्रेष्ठलाई विजय बनाउने अभियानमा साथ दिन विद्यालयले अपिल गरेको छ ।

‘म्याग्दीकी एक छोरीले उपाधी जित्ने गरी अभियानमा सहभागिता जनाउन अपिल गर्दछु । भोटिङबाट विभिन्न विधामा उत्कृष्ट हुन सकिन्छ’ विद्यालयका मिडिया हवका संयोजक कृष्ण जिसीले बेनीअनलाइनलाई भने । उनले आगामी असोज ६ गते एसएमएसबाट धेरै भोट ल्याउनेलाई मिस पपुलर विधाबाट सम्मान गर्ने कार्यक्रम रहेको छ । प्रतियोगी नम्बर २१ की श्रेष्ठलाई भोट गर्न EMTN 21 लेखेर 33001 मा एसएमएस गर्न सकिन्छ ।