म्याग्दी प्रवासी नेपाली संघ अन्तराष्ट्रिय कार्यसमितिको दोस्रो महाधिबेशन हुने भएको छ । आगामी असोज २२,२३ र २४ गते(अक्टुवर ८,९र१० तारिक)मा म्याग्दीको दवाङ्ग बजारमा हुने महाधिबेशन लाई सभ्य र  भब्य बानाउनको लागि मोना आइसीका अध्यक्ष योगेन्द्र क्षेत्रीको संयोजकमा दोस्रो महाधिबेशन आयोजक मुल समारोह समिति गठन भएको छ ।

आर्थिक संकलन उप समिति को संयोजकमा मोना आइसी कोषाध्यक्ष चक्र बहादुर थापा र सहकोषाध्यक्ष ओम नारायण जुग्जालीलाई जिम्मा दिएको छ भने हरि रामजाली,तिलक मल्ल,बिनोद कुवर, टिका गुरुङ्ग घनश्याम शाही र महेन्द्र बानिया लाई बिभिन्न जिम्मेवारी तोकिएको छ । सोहि अनुरुप उपसमितिले तयारि तिब्र पारेको छ ।

विश्वभर छरिएर रहेका म्याग्देलीको साझा संस्था समेत रहेको मोना आइसीको दोस्रो महाधिवेशन एैतिहासिक बनाउनको लागि ब्यापक तयारि भइरहेको र आर्थिक संकलन पक्ष अलि सम्बेदनशिल भएकोले राष्ट्रिय कार्यसमितिका अध्यक्षहरुवाट पनि सहयोग भइरहेको मोना आइसीका कोषाध्यक्ष तथा आर्थिक संकलन उपसमितिका संयोजक चक्र बहादुर थापाले बताउनु भयो ।

म्याग्दी जिल्लाको आर्थिक र समाजिक बिकासमा सहयोग पुराउने उह्ेश्यले झण्डै एक दशक  अगाडि म्याग्दी प्रवासी नेपाली संघ(मोना) स्थापना भएको थियो हाल सम्म विश्वको २१ देशमा आफ्नो संजाल बिस्तार गरिसकेको छ भने छिट्टै नै विश्वका अन्य मुलुकमा पनि मोना बिस्तार हुने क्रम मा रहेको छ

आगामी आसोज २२,२३र २४ को महाधिबेशनमा मोनाको हाल सम्मको गतिबिधि र आगामी कार्यदिशाको बारेमा जिल्ला स्थित सरकारी तथा गैर सरकारी संस्था, राजनितिक दल, नागरिक समाज,स्थानिय तहका पदाधिकारि, बुद्धिजिवी बर्ग, सल्लाहाकार तथा मोना संग सम्बद्ध प्रबुद्ध ब्यत्तिहरु माझ बृहत छलफल गरि जिल्लाको आर्थिक, सामाजिक र सास्कृतिक बिकासको लागि आगामी नया योजना अगाडि बढाइने मोना आइसीका अध्यक्ष योगेन्द्र क्षेत्रीले बताउनु भयो उहाँले आगामी महाधिबेशन पश्चात तय गरिने कार्यसमितिलाई संस्थागत बिकासका लागी प्रशस्त मार्गनिर्देशन गरि नयाँ सोच र उर्जा का साथ म्याग्दीको समृद्धिमा लागि परिरहने विश्वास लिएको बताउनु भयो ।

 

सन २०१५मा बेनीमा सम्पन्न प्रथम अधिबेशन पश्चात जिल्लाको आर्थिक तथा भौतिक बिकासमा प्रत्यक्ष भुमिका निभाए पश्चात विश्वमा नै मोनाको संजाल बिस्तार तथा मोना रुपान्तरण ले तिब्रता पाएको छ ।