उद्योगी ब्यापारीहरुको साझा संस्था म्याग्दी उद्योग बाणिज्य संघको अधिवेशन आगामी कार्तिक ११ गते हुने भएको छ । म्याग्दी उद्योग वाणिज्य संघको भदौ २९ गते बसेको कार्य समितिको बैठकले आगामी कार्तीक ११ गते २२ औं साधारण सभा तथा ११ औं अधिवेशन गर्ने निर्णय गरेको हो ।

म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष जीवनबहादुर विश्वकर्माको अध्यक्षतामा बसेको बैठकले आगामी अधिवेशन सव्य र भव्य तबरले सम्पन्न गर्नु पर्ने सहमती भएको जनाइएको छ । बैठकमा बरिष्ठ उपाध्यक्ष उत्तम कर्माचार्यले आगामी अधिवेशनमा आफूलाइ सर्व सम्मत रुपमा अध्यक्ष बनाउन आग्रह गरेको म्याग्दी उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य श्याम श्रेष्ठले बताए । श्रेष्ठले बैठकमा सहभागि सदस्यहरुले अधिवेशन सर्वसम्मत रुपमा गरिनु पर्नेमा जोड दिएको बताए ।
म्याग्दी उद्योग वाणिज्य संघका करिब १८ सय सदस्यहरु रहेका छन् । अधिवेशनले आगामी तीन वर्षका लागि नयाँ नेतृत्व चयन गर्दछ । अमृत बास्कुने