मोनाको महाविधेशनको एनआरएनएका अध्यक्ष शेष घले उद्घाटन गर्ने

0
251

म्याग्दी प्रवासी नेपाली संघ अन्तराष्ट्रिय कार्यसमितिको दोस्रो महाधिवेशनको प्रमुख अतिथिको रुपमा गैर आवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष शेष घले आउने भएका छन् । आगामी असोज २२, २३ र २४ गते मालिका गाउँपालिकाको दरवाङमा हुने महाधिवेशनमा घले सहित एनआरएनका हस्तीहरूको उपस्थिती हुने महाधिवेशन आयोजक मुल समारोह समितिले जनाएको छ ।

महाधिवेशनमा एनआरएका संस्थापक अध्यक्ष उपेन्द्र महतो,पूर्व अध्यक्ष जिवा लामिछाने, उपाध्यक्ष भवन भट्ट,सचिव अर्जुन श्रेष्ठ लगाएत एनआरएनकर्मीहरुको उपस्थिती हुने मोना आइसीका कोषाध्यक्ष चक्र बहादु थापाले बताए ।‘तयारी तिब्र गतिमा अगाडी बढेको छ ।एनआरएनकर्मीको उपस्थितीले भब्य हुनेछ’ उनले भने । पश्चिम म्याग्दीको दोस्रो ब्यापारिक केन्द्रको रुपमा रहेको दरवाङ सहित त्यस क्षेत्रमा जनालाई समेत केन्द्रित गरेर महाधिवेशनले लगानी भित्राउन समेत सहज हुने अनुमान गरिएको छ । विशिष्ट अतिथिहरु हेलिकप्टरमा आउने कार्यक्रम तय भएको छ ।

महाधिवेशनमा म्याग्दी जिल्लाका सांसद,स्थानीय तहका प्रमुख, उपप्रमुख, वडा अध्यक्ष, निजी क्षेत्र, सरकारी तथा गैरसरकारी संस्था, सामाजिक संघसंस्थालाई पत्रचार गरिएको छ । बेनीबजार देखी दरवाङ सम्मका स्थानीयले समेत सहयोगको प्रतिबद्धता जनाएका छन् । महाधिवेशनको अवसरमा मोना जापानले जिल्लाका सबै वडाका तीनजना जनप्रतिनिधिहरुलाई स्वास्थ्य सम्बन्धि जानकारीका साथै न्यून शुल्कमा साम्रागी वितरण गर्ने कार्यक्रम समेत रहेको छ ।

जिल्लाको सदरमुकाम बाहिर हुन लागेको महाधिवेशनबाट ग्रामिण क्षेत्रमा आर्थिक कारोबारका साथै ग्रामिण सम्भावनलाई उजागर गर्न सहज हुने मालिका गाउँपालिका प्रमुख श्रीप्रसाद रोकाले बताए । ‘तयारीमा कुनैपनि कमी हुने छैन्, एतिहाँसिक कार्यक्रम गरेर सधै आर्कषित गर्ने प्रयास गर्नेछौ’ रोकाले बेनीअनलाइनलाई भने । सन २०१५ मा बेनीमा सम्पन्न प्रथम अधिबेशन पश्चात जिल्लाको आर्थिक तथा भौतिक बिकासमा प्रत्यक्ष भुमिका निभाए पश्चात विश्वमा नै मोनाको संजाल बिस्तार तथा मोना रुपान्तरण ले तिब्रता पाएको छ । महाधिवेशनमा सहभागि हुन आउने क्रम सुरु भएको छ ।