आजदेखी तेस्रो बौद्ध कप

0
168

आज देखी म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालन हुने सर्वाधिक धनराशीको तेस्रो बौद्ध कप फुटबल प्रतियोगिता सुरु हुदैछ। करिव एकहप्तासम्म सञ्चालन हुने प्रतियोगिताको म्याग्दी उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष एवम् उद्योगपति प्रमोद श्रेष्ठले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । आर्थिक संकलन ,प्रचारप्रसार, खेलकुद मैदान ब्यवस्थापन, पत्रचार सहित आवश्यक सम्पूर्ण तयारी पुरा गरिएको मुल संयोजक सचिन शाक्यले बेनीअनलाइनलाई बताए ।

‘उद्घाटन सहितका कार्यक्रमको तयारी सकिएको छ, प्रतियोगितालाई शान्तिपूर्ण खेल आचारसंहिता भित्रै सम्पन्न गर्नेछौ’ उनले भने । प्रतियोगितामा प्रथम हुनेले १ लाख २५ हजार, द्धितिय ७० हजार, ट्रफि, मेडल र प्रमाणपत्र सहित आर्कषक पुरस्कार रहेको छ । प्रतियोगितामा सेमिफाइनलबाट बाहिरिनेले १५ हजार, अनुशासित टिम १० हजार, सार्वोउत्कृष्ट खेलाडी ६ हजार, सर्वोउत्कृष्ट गोलकर्ता, गोलरक्षक, स्टाईकर, मिडफिल्डर, डिफेन्डरलाई ६ हजार रहेको आर्थिक संयोजक नन्दु पाईजाले बताए । प्रतियोगितालाई स्वदेश तथा विदेशबाट आर्थिक संकलन भएको थियो ।