तेस्रो बौद्ध कप: म्याग्दी प्रहरी, सेभेन स्टार र मनसुन क्लव दोस्रो चरणमा

0
155

बेनीमा आइतबार देखी धौलागिरि अञ्चलकै सर्वाधिक धनराशीको तेस्रो बौद्ध कप फुटबल प्रतियोगिताको पहिलो खेलबाट तीन समुह दोस्रो चरणमा प्रवेश गरेका छन् । मंगलाघाट स्थीत बौद्ध यूवा क्लवको आयोजनामा भएको प्रतियोगिताको उद्घाटन खेलमा माउण्ट एभरेष्ट आवासीय माविलाई सुन्य का विरुद्ध १ गोल प्रहार गदैं नेपाल प्रहरी म्याग्दी दोस्रो चरणमा प्रवेश गरेको छ ।

उद्घाटन खेल भनिएपनि सेमिफाइनल जस्तै देखिएको खेलमा माउण्टका खेलाडीको कमजोरीलाई प्रहरीका तर्फबाट खेलेका खेलाडीले फाइदा उठाएका थिए । दोस्रो बौद्ध कपको विजेता समेत रहेको माउण्टका खेलाडीले खेलमा निरन्तर आक्रमक प्रहार गरेपनि अफसाईडमा बस्ने कमजोरीले धेरै अवसर चुकाएका थिए । माउण्टका खेलाडीलाई प्रहरीको उत्कृष्ट डिफेन्सबाट अवसर मात्रै गुमेन गोलपोष्ट नजिक पुगेको बललाई समेत प्रहार गर्नबाट बन्चित बनाएको थियो ।

माउण्टबाट दोस्रो चरणमा प्रवेश गरेको भए दुईजना अफ्रिकन मुलका खेलाडी बेनीमा आउने निश्चित जस्तै थियो । त्यस्तै अन्य क्लवबाट समेत विदेशी अनुहार मैदानमा देखिने छन् । निकै लोकप्रिय खेल धनराशीका कारण पनि ब्यवसायीक खेलाडीहरु समेत जिल्लामा आउने गरेका छन् । प्रतियोगिताको दोस्रो खेलमा सेभेन स्टार यूथ क्लव आनन्द बगरले देविस्थान यूथ क्लवलाई १ का विरुद्ध २ गोल प्रहार गरेको थियो । त्यस्तै अन्तिम खेलमा मनसुन यूथ क्लव चुत्रेनीले सिंगा यूवा क्लवलाई तीन गोल प्रहार गरेको थियो ।

प्रतियोगिताको म्याग्दी उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष एवम् उद्योगपति प्रमोद श्रेष्ठले उद्घाटन गरेका थिए । २५ समुहको सहभागिता रहेको प्रतियोगितामा विजेताले १ लाख २५ हजार, उपबिजेता ७० हजार नगद, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । जिल्लामा सर्वाधिक धनराशीको प्रतियोगिताको सुरुवात समेत बुद्ध क्लवले गरेको थियो । त्यसैगरी सेमिफाइनलबाट बाहिरने समुहले १५ हजार, अनुशासित टिम १० हजार, सर्वोत्कृष्ट खेलाडी, गोलकर्ता, गोलरक्षक, स्टाईकर, मिडफिल्डर, डिफेन्डर लाई ६ हजार नगद सहितको आर्कषक पुरस्कारको ब्यवस्था रहेको छ। आगामी ५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा विविध सांस्कृतिक कार्यक्रम समेत रहेको छ ।