बौद्ध कपको तेस्रो दिन: पेनाल्टीमा चुक्दा एभरग्रिन बाहिरियो

0

बेनीमा जारी धौलागिरि अञ्चलकै सर्वाधिक धनराशीको तेस्रो बौद्ध कप फुटबल प्रतियोगिताको तेस्रो दिन आधा दर्जन खेल सम्पन्न भएको छ । मंगलबार सम्पन्न भएको खेलमा आयोजक बौद्ध यूवा क्लव ‘पहेलो’,जलजला यूवा क्लव पर्वत, एभरग्रिन यूथ क्लव ‘निलो’ न्यू दोभान यूथ क्लव, रिभर साईड यूथ क्लव र कालिपुल यूनाईटेड ‘निलो’ क्वाटर फाइनलमा प्रवेश गरेको छ ।

तेस्रो दिनको पहिलो खेलमा न्यू दोभान यूथ क्लवले सेभेन स्टारलाई १ का विरुद्ध ४ गोल प्रहार गरेको थियो । दोस्रो खेलमा मनसुन यूवा क्लवलाई जलजला यूवा क्लवले सुन्यका विरुद्ध २ गोल, तेस्रो खेलमा आयोजक बौद्ध यूवा क्लव ‘पहेलोले न्यू जेनेरेशन यूवा क्लवलाई सुन्य का विरुद्ध चार गोल, चौथो खेलमा रिभर साईडले बौद्ध यूवा क्लव रातोलाई०–४ गोल, पाचौ खेलमा एभरग्रिन ‘कालोे’ ले उत्साहि समुहलाई ०–२ गोल प्रहार गरेको थियो ।

उपाधीको लागि आएको छिमेकी जिल्ला पर्वतबेनीका उत्साहि समुहका खेलाडीहरुको उत्कृष्ट खेलका विचमा गोलरक्षकको कमजोरीको फाईदा एभरग्रिनका खेलाडीले लिएका थिए ।त्यस्तै प्रतियोगिताको अन्तिम खेलमा खेलको पहिलो चरणमै गोल गरेर अग्रता लिएको एभरग्रिन ‘निलो’लाई कालिपुल यूनाईटेडले बराबरी खेलेको थियो ।निकै प्रस्तिपर्धात्मक खेलमा दुवै तर्फ राम्रो अवसर पाएपनि चुकेको थियो ।

निर्धारित समयमा गोलरहित बराबरी खेल खेलेका दुवैले पेनाल्टीमा दुवैले उत्कृष्ट प्रहार गरेका थिए । अन्तिम प्रहारमा एभरग्रिनका खेलाडी चुकेपछि कालिपुल यूनाईटेडको भाग्य चम्किएको थियो । बुधबार एउटा प्रि क्वाटरफाईनलको खेल बाहेक सबै क्वाटरफाइनलको खेलहरु रहेको बौद्ध क्लवका सदस्य प्रकाश शर्माले बताए ।

खचाखच दर्शकका विचमा भइरहेको खेल आगामी असोज ५ गते सम्पन्न हुने छ । बेनपा–७ मंगलाघाट स्थीत बौद्ध यूवा क्लवको आयोजनामा भएको प्रतियोगिताक २५ समुहको सहभागिता रहेको प्रतियोगितामा विजेताले १ लाख २५ हजार, उपबिजेता ७० हजार नगद, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । त्यसैगरी सेमिफाइनलबाट बाहिरने समुहले १५ हजार, अनुशासित टिम १० हजार, सर्वोत्कृष्ट खेलाडी, गोलकर्ता, गोलरक्षक, स्टाईकर, मिडफिल्डर, डिफेन्डर लाई ६ हजार नगद सहितको आर्कषक पुरस्कारको ब्यवस्था रहेको छ ।