जिल्लाको रघुगंगा गाउँपालिका–६ कोटगाउँका कृष्ण गर्बुजाकोे आन्द्रामा क्यान्सर भएपछि उपचारमा समस्या भएको छ । काठमाण्डौको क्यान्सर अस्पताल मा उपचार गराइरहेका गर्बुजालाई आर्थिक समस्या भएको वडा अध्यक्ष मनकुमार पाईजाले बेनीअनलाइनलाई बताए ।‘अस्पतालबाटै सहयोगको आग्रह गर्नुभएको छ । घरको आर्थिक अवस्था पनि कमजोर छ’ पाईजाले भने ।

उनले वडा कार्यालयबाट उपचारमा छुट लगाएतका आवश्यक प्रक्रिया अगाडी बढाएपनि स्वदेश तथा विदेशमा रहेका पाखापानीबासीबाट सहयोगको अपेक्षा गरिएको बताए ।उनले विगतमा समेत आर्थिक अवस्था कमजोर भएकाले स्वदेश तथा विदेशमा रहेका रघुगंगा गाउँपालिकाका विभिन्न वडाबाट सहयोग भएको बताउँदै पुर्जाको उपचारमा समेत आर्थिक सहयोगको अपेक्षा गरिएको बताए ।