बेनीमा जारी धौलागिरि अञ्चलकै सर्वाधिक धनराशीको तेस्रो बौद्ध कप फुटबल प्रतियोगिताको क्वाटरफाईनलको खेल सकिएको छ । बुधबार सम्पन्न भएको क्वाटरफाईनलमा जिल्ला प्रहरी कार्यालयले जलजला तरुण पर्वत बेनीलाई पेनाल्टी सुटआउटमा ८ का विरुद्ध ९ गोल गर्दै सेमीफाईनलमा पुगेको छ । निर्धारित समयमा दुवै पक्षले गोल प्रहार गर्न नसकेपछि पेनाल्टी सुटआउटमा प्रवेश गरेको थियो ।

यसैगरी कालीपुल युनाईटेडले रिभरसाईडलाई शून्यका विरुद्ध एक, वौद्ध एल्लोले न्यु दोभानलाई शुन्यका विरुद्ध ५ र एभरग्रिनले बागलुङ फुटबल संघलाई शुन्यका विरुद्ध २ गोलले पराजीत गरेर सेमी फाईनलमा प्रवेश गरेको बौद्ध यूवा क्लवका सञ्चार प्रतिनिधि प्रकाश शर्माले बेनीअनलाइनलाई बताए ।

उनका अनुसार बिहीबार जिल्ला प्रहरी कार्यालय र कालीपुल युनाईटेड तथा आयोजक वौद्ध युवा क्लब ‘पहेलो’ र एभरग्रिन युवा क्लब ‘कालो’ बीच सेमीफाईनल हुने छ । खचाखच दर्शकको उपस्थितीमा भएको खेल हेर्न म्याग्दीका साथै छिमेकी जिल्ला बागलुङ र पर्वतबाट समेत आएका थिए ।

बेनपा–७ मंगलाघाट स्थीत बौद्ध यूवा क्लवको आयोजनामा भएको प्रतियोगिताक २५ समुहको सहभागिता रहेको प्रतियोगितामा विजेताले १ लाख २५ हजार, उपबिजेता ७० हजार नगद, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । त्यसैगरी सेमिफाइनलबाट बाहिरने समुहले १५ हजार, अनुशासित टिम १० हजार, सर्वोत्कृष्ट खेलाडी, गोलकर्ता, गोलरक्षक, स्टाईकर, मिडफिल्डर, डिफेन्डर लाई ६ हजार नगद सहितको आर्कषक पुरस्कारको ब्यवस्था रहेको छ ।