बेनी–जोमसोम सडकमा अव रातीको समयमा पनि सवारी खुल्ला

0

बेनी–जोमसोम सडकमा रातको समयमा पनि यातायातका साधन सञ्चालन हुन थालेका छन् । सडक खण्ड अन्र्तरगत म्याग्दी र मुस्ताङ क्षेत्रमा रहेको जोखिमपूर्ण स्थानमा मर्मत तथा बर्षा कम भएपछि खोलाको सतह घटेसंगै साउन ५ गते देखी बन्द गरिदै आएको सडक नियमित सवारी साधान सञ्चालनका लागि खुल्ला गरिएको यातायात ब्यवसायीले बताएका छन् ।

सडकखण्ड अन्र्तरगत गलेश्वर–दाना–घाँसा सडकमा बेलुकी ५ः३० देखी विहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाउने जिल्ला यातायात ब्यवस्था समितिको निर्णयलाई यातायात ब्यवसायीले कार्यान्वयन गदै आइरहेका थिए । साउन र भदौमा दुईपटक सडकको अवस्था हेरेर साझँ र रातीको समयमा निजी तथा भाडाका सवारीसाधन सञ्चालनमा रोक लगाइएको थियो । दैनिक यात्रुको चाप बढ्न थालेपछि यातायात ब्यवसायीले समेत जोखिमपूर्ण स्थानमा सावधानी अपनाउने गरी सडक सञ्चालन गरिएको हो ।

राती सवारी सञ्चालन बन्द हुदाँ दिउँसोको समयमा जाम हुने, सडक निर्माणक्षेत्रमा असर गर्ने गरेको बेनी जोमसोम कोरला सडक आयोजनाका सुपरभाईजर इन्द्रसिंह शेरचनले बताए । उनका अनुसार बुधबार सुख्खा पहिरोले सडक अवरुद्ध भएको छ । दाना–घाँस सडक अन्र्तरगत काभ्रेभीरमा खसेको पहिरोले यातायातका साधन सञ्चालनमा समस्या भइरहेको छ । बर्षा हुदाँ दिउँसो समेत पहिरो खस्ने समस्या रहेको बादरजुङ भीरमा साउन यता दुईजनको ज्यान गएको छ भने पाँचजना घाईते भएका थिए । ७६ किलोमिटरको सडकखण्ड अन्र्तरगत म्याग्दी र तल्लो मुस्ताङ खण्ड जोखिमपूर्ण छ ।