जन्मदिनको खर्च कटाएर विद्यार्थीलाई शैक्षिक साम्रागी सहयोग

0

आफ्नो जन्मदिनमा महंगो खर्च गरेर मनाउने गरिन्छ । आफन्त र साथीहरूलाई जन्मदिनको भोजभतेर गरेर जन्मदिनको उत्सव मनाउने संस्कार बढ्दै गइरहेको अवस्थामा एक ब्यक्तिले जन्मदिनको अवसरमा सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिका शैक्षिक साम्रागी वितरण गरेर आफ्नो मनाएका छन् ।

अर्जुन मावि स्रोतकेन्द्र भकुण्डेचौरका श्रोतब्यक्ति दुर्गाराम सुबेदीले जन्मदिनको अवसरमा बेनी नगरपालिका–३ भकिम्लीको मुसुङडोले आधारभुत विद्यालयका विद्यार्थी र शिक्षकलाई करिव २५ हजार बराबरको शैक्षिक सहयोग गरेका हुन् ।
बुधबार विद्यालयमा आयोजित कार्यक्रममा वडा अध्यक्ष पदम पुनको प्रमुख आथित्यतामा सुबेदीले जन्मदिनको अघिल्लो दिन विद्यालयका बालबालिका देखी कक्षा ८ सम्म अध्ययनरत १ सय ६२ विद्यार्थीलाई शैक्षिक साम्रागी र १२ जना शिक्षक कर्मचारीलाई पेन र डायरी वितरण गरे ।‘जन्मदिन विद्यार्थी संग मनाउने गरेको छु ।

आगामी बर्ष पनि यसलाई निरन्तरता दिनेछु’ सुबेदीले भने ।शैक्षिक साम्रागी हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष पदम पुनले जन्मदिनको अवसरमा शैक्षिक साम्राग्री वितरणले समाजमा सकारात्मक सन्देश प्रवाह भएको बताए ।
उनले सामुदायिक विद्यालयमा अध्ययरत विद्यार्थीहरुलाई राज्यबाट प्रयाप्त सुविधा नहुदाँ गुणस्तरीय शिक्षामा समस्या भएको बताए ।‘दरबन्दी पनि धेरै छैन्, गाउँलेले चन्दा उठाएर विद्यालय चलाउनु परेको छ’ पुनले भने ।

उनले ब्यक्तिगत तथा विद्यालयबाट समेत नियमित रुपमा शैक्षिक साम्रागी उपलब्ध गराउन सकिएमा आर्थिक अवस्था कमजोर भएकै कारण शैक्षिक साम्रागी समेत खरिद गर्न नसक्ने विद्यार्थीलाई राहत मिल्ने बताए । सोही अवसरमा वडा सदस्य एवम् स्वर्गाआश्रम ब्यवस्थापन समितिका अध्यक्ष रत्न जिसी र नेपाल गाजा डेभलपमेन्ट फाउण्डेशन बागलुङका विद्यालय पुस्तकालय संयोजक हरिकृष्ण गौतमले धर्तीमा टेकेको पहिलो दिन गरिएको सन्देशमुलक कार्यक्रमको सबैले सिको गर्नुपर्ने बताएका थिए ।

कार्यक्रमको अध्यक्षत विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष राम बहादुर किसान, स्वागत शिक्षक प्रेममायाँ चोचाङ्ी पुन र सञ्चालन शिक्षक राजु परियारले गरेका थिए । गतबर्ष श्रोतब्यक्ति सुबेदीले भकिम्लीकै डाँडाखानीमा अवस्थित बालप्रिय शारदा आधारभुत विद्यालयका अध्ययरत बालविकास देखी निमावीसम्मका १ सय २० जना विद्यार्थीलाई शैक्षिक साम्रागी वितरण गरेर जन्मदिन मनाएका थिए ।