म्याग्दीका जनप्रतिनिधिलाई जापानका चिकित्सकले स्वास्थ्य तालिम दिने

0
165

म्याग्दीका जनप्रतिनिधिलाई जापानका चिकित्सकले स्वास्थ्य सम्बन्धि तालिम दिने भएका छन् । म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापानको पहलमा विपद् ब्यवस्थापन र आपतकालिन उद्धारका बारेमा जापानबाट आएको टोलीलाई नेपालमा विपद् ब्यवस्थापनमा सक्रिय रहेका विज्ञहरुबाट समेत सहयोग हुने मोना जापानका अध्यक्ष महेन्द्र बानियाँले बेनीअनलाइनलाई बताए ।

‘म्याग्दीमा धेरै विपद्का घटना हुने गरेका छन् । तत्कालै उद्धारमा आवश्यक पर्ने अन्र्तराष्ट्रिय विधिका बारेमा जनप्रतिनिधिलाई जानकारी गराउनेछौ’ बानियाँले भने । उनले स्थानीय तहको निर्वाचन लगत्तै गाउँमा समेत जनप्रतिििनधहरु भएकाले जनप्रतिनिधिलाई तालिम उपलब्ध गराउन सकिएमा उहाँहरु मार्फत वडास्तरमा समेत सहज हुने बताए ।

विपद् तथा आपतकालिन उद्धारमा लामो अनुभव भएको उपस्थितीमा हुने तालिममा बेनी नगरपालिका, मंगला, मालिका, धौलागिरि, रघुगंगा र अन्नपूर्ण गाउँपालिकाका प्रमुख, उपप्रमुखको उपस्थितीमा हरेक वडाबाट गाउँपालिकाको सिफारिसमा ३ जनाको सहभागि हुने ब्यवस्था गरिएको छ । तालिमा हेलमेट र जाकेट निशुल्क उपलब्ध गराउने भएपनि केही सामानको निश्चित शुल्क निर्धारण गरिएको छ ।तालिमको अवसरमा विभिन्न जनचेतनामुलक कार्यक्रमहरु समेत रहेको छ ।

करिव १ सय ५० जनाको सहभागिताको अनुमान गरिएको छ । हरेक गाउँपालिकाका प्रमुख तथा वडास्तरमा समेत यो अभियानका बारेमा जानकारी गराइसकिएको छ । तालिममा प्राकृतिक प्रकोपमा उद्धार, विद्यु सर्ट हुदाँको तत्कालै गर्न सकिने प्राथमिक उपचार,चट्याङ लागेर घाईते भएका लगाएत समाजमा घट्ने घटनामा घटनास्थलमा प्राथमिक उपचार देखी अस्पतालसम्म लैजान देखाउनुपर्ने सावधानीलाई केन्द्रित गरिएको छ ।

मोना जापानले आगामी असोज २२, २३ र २४ गते दरवाङमा गर्न लागेको दोस्रो महाधिवेशनको अवसरमा तालिमको आयोजना गरिएको मोना जापानले जनाएको छ। मोना जापानले विगतमा समेत जिल्लाका विपद्मा परेका म्याग्देलीलाई उद्धार तथा राहतमा समेत सहयोग गदैं आइरहेको छ । यसैविच मोना जापानले जिल्लामा अति आवश्यक यो तालिमको अवसरलाई सदुपयोग गर्न समेत अनुरोध गरेको छ ।