बेनीमा जारी धौलागिरि अञ्चलकै सर्वाधिक धनराशीको तेस्रो बौद्ध कप फुटबल प्रतियोगिताको सेमिफाईनलको खेल विवादमा तानिएको छ । एभरग्रिन युवा क्लब ‘कालो’ र आयोजक बौद्ध यूवा क्लव ‘पहेलो’ विच भएको खेलको दोस्रो चरणमा एभरग्रिनका जर्सी नम्मर ११ का रेमन मगरले दोस्रो पहेलो कार्ड पाएसंगै रेफ्रीले रातो कार्ड देखाएपछि विवाद सुरु भएको थियो ।

एभरग्रिनका उत्कृष्ट खेलाडी समेत रहेका रेमनले दोस्रो हाफमा डि एरिया बाहिरबाट गरेको प्रहार बौद्ध यूवा क्लवका गोलरक्षकले बचाउने प्रयास असफल भएको थियो । स्थानीय खेलाडीहरुको उपस्थिती रहेको एभरग्रिनको ‘कालो’ जर्सीमा मैदानमा उत्रिएका खेलाडीहरुसंग आयोजकको तर्फबाट खेलेका अनुभवी खेलाडीको विच सुरुवाती समय देखी नै तनावपुर्ण अवस्था रहेको थियो । दुवै तर्फबाट खेलमा एकले अर्कोलाई रोक्ने नाममा नियम विपरित खेल खेलिएको थियो ।

सिमसिम बर्षाको विच भइरहेको खेलमा आयोजक संगै प्रहरीको समेत उपस्थिती रहेको थियो ।खेल जित्न दुवै टिम दवावमा परेपछि अन्तिम समयमा एभरग्रिनकै उत्कृष्ट खेलाडी नै रातो कार्ड पाएपछि एभरग्रिनका खेलाडीहरु खेल मैदानबाट बाहिरिएका थिए । दुवै पक्ष विच पटकपटक सहमतिको प्रयास भएपनि असफल भएपछि रेफ्रिले अन्तिम पाँच मिनेटको समय भित्र खेलमैदानमा प्रवेशको लागि दुवै टिमका म्यानेजरलाई निर्देशन दिएका थिए ।

रेफ्रीको निर्देशन अगाडी जिल्ला खेलकुद विकास समिति, बौद्ध यूवा क्लवका सल्लाहकार लगाएतको बैठकमा खेलको अन्र्तराष्ट्रिय नियम अनुसार खेल छोडेर बाहिरिएको घोषणा गरेसंगै आयोजक बौद्ध यूवा क्लव फाइनलमा प्रवेश गरेको हो । बेनीबजारका दुई क्लव विच खेलको विवादले मुडभेडको अवस्था देखिएको थियो । यता एभरग्रिन यूथ क्लवका अध्यक्ष ललित पुर्जाले खेलमा रेफ्रीले पक्षपात गरेको आरोप लगाए । ‘हाम्रो टिमको राम्रो खेलाडीलाई विना कमजोरी रेडकार्ड देखाइयो । खेलको अन्तिम ४ मिनेटमा देखाइएको कार्ड योजनाबद्ध हो’ पुर्जाले बेनीअनलाइनलाई भने ।

रेफ्रीको गतिविधि संकास्पद रहेको बताउँदै उनले अन्तिम समयमा सचेत बनाउने सक्ने अवस्थामा एक्कासी रातो कार्ड देखाएर जवरजस्ती हराउन खोजेको बताए । उनले दर्शकबाट समेत आफ्नो पक्षमा नतिजा आएको बताउँदै खेल जितेपनि रेफ्रीले हराएको दावी गरे। उनले स्थानीय खेलाडीहरुले नेपालका राम्रो क्लवमा आवद्ध र विदेशी खेलाडीहरु रहेको आयोजकलाई टक्कर दिएको बताउँदै खेलको सम्रग समिक्षा हुने बताए ।

यसैविच आयोजकले रेफ्रीको निर्णय अन्तिम हुने बताएको छ । खेलमैदानबाट बाहिरिएपछि सबैले पहेलो कार्ड पाउने अवस्थामा फर्किपछि कसैलाई पनि नदिने गरी रेफ्री लचिलो हुदाँ र खेललाई नियमित गर्ने गरिएको अनुरोधलाई अस्वीकार गरेर खेललाई अनावश्यक रुपमा विवादमा तान्ने प्रयास गरिएको आयोजक पक्षको दावी छ ।

जिल्ला बाहिरबाट आएका खेलाडीहरु पनि विवादका कारण मानिएका छन् । खेल जसरी पनि जित्न पर्ने दवावमा रहेका खेलाडीहरुकै कारण खेलमैदान भित्र तनावपूर्ण अवस्था देखिएको छ । सेमिफाइनलसम्म शान्तपूर्ण वातावरणमा भइरहेको खेल अन्तिम समयमा आएर विवादमा तानिएपछि यसले जिल्लाको खेलकुद क्षेत्रमा दिर्घकालिन असर गर्ने सम्भावना समेत देखिएको छ ।

प्रहरीले फाइनल खेलमा कुनैपनि घटना हुन नदिने गरी आफ्नो सर्तकता अपनाइरहेको छ । फाइनल खेल दिउँसो तीनबजे हुने मुल संयोजक सचिन शाक्यले बेनीअनलाइनलाई बताए। प्रतियोगिताको बेनीअनलाइनबाट प्रत्यक्ष प्रशारण भइरहेको छ । बौद्ध यूवा क्लवको आयोजनामा भएको प्रतियोगिताक २५ समुहको सहभागिता रहेको प्रतियोगितामा विजेताले १ लाख २५ हजार, उपबिजेता ७० हजार नगद, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । त्यसैगरी सेमिफाइनलबाट बाहिरने समुहले १५ हजार, अनुशासित टिम १० हजार, सर्वोत्कृष्ट खेलाडी, गोलकर्ता, गोलरक्षक, स्टाईकर, मिडफिल्डर, डिफेन्डर लाई ६ हजार नगद सहितको आर्कषक पुरस्कारको ब्यवस्था रहेको छ ।

विज्ञापन