तेस्रो बौद्ध कप फुटबल:आयोजक र कालिपुल यूनाईटेड भिड्ने

0

बेनीमा जारी धौलागिरि अञ्चलकै सर्वाधिक धनराशीको तेस्रो बौद्ध कप फुटबल प्रतियोगिताको फाइनलमा आयोजक र कालिपुल यूनाईडेड क्लव विच प्रतिस्पर्धा हुने भएको छ । आज भएको खेलमा म्याग्दी प्रहरीलाई सुन्यका विरुद्ध एक गोल गदैं कालिपुल फाईनलमा प्रवेश गरेको थियो । निकै उत्कृष्ट मानिएको खेलमा म्याग्दी प्रहरीले डिएरिया भित्रका सुन्दर प्रहारलाई गोलपोष्ट भित्र प्रवेश गराउन सकेनन् ।

उद्घाटन खेल देखिनै चम्किएको प्रहरीले सेमिफाइनल सम्मको यात्रा तय गरेपनि फाइनलमा प्रवेश गर्ने अन्तिम प्रयासलाई सफल बनाउन सकेन् । आफ्नै कमजोरीले एक गोल खाएपनि लगातार अन्तिम समयसम्म प्राप्त गरेको गोल प्रहार गर्ने अवसरबाट भने प्रहरी चुकेको थियो । त्यस्तै कालिपुल यूनाईडेमा समेत अनुभवी खेलाडीहरुको उपस्थिती रहेको थियो ।

कालिपुलको तर्फबाट नेतृत्व गरेका इपेन तिलिजा सहित ब्यवसायीक खेल खेल्ने खेलाडीले समेत प्रहरीलाई निकै दवावमा राखेका थिए । विहानै देखि परेको सिमसिम पानीस्का विचमा पनि खेलाडीहरुले आफ्नो खेलमा कुनैपनि कमी हुन दिएनन् । यसैविच दोस्रो सेमिफाइनलमा आयोजक र एभरग्रिन विचको खेल अन्तिम समयमा विवादमा तानिएको छ । खेलमा एभरग्रिनका राम्रो खेलाडी मानिएका रेमन मगरलाई रातो कार्ड देखाएपछि तनावपूर्ण अवस्थाका विचमा खेल छोडेर एभरग्रिन बाहिरिएपछि आयोजक फाइनमा प्रवेश गरेको हो ।

आयोजकबाट राष्ट्रियस्तरका खेलमा खेलेका खेलाडीहरुका साथै तीनजना विदेशी समेत मैदानमा देखिएका थिए भने एभरग्रिनका सबै खेलाडी स्थानीय थिए । एभरग्रिनका ११ नम्बरका जर्सी रेमन मगरले डि एरिया बाहिरबाट गरेको उत्कृष्ट गोलले द एक एक बराबर भएपनि रेफ्रीले अन्याय गरेर रातो कार्ड देखाएको भन्दै बाहिरिएपछि आयोजकले बाँकी समय र पेनाल्टी समेत फेस नगरी फाइनलमा प्रवेश गरेको हो ।

बौद्ध यूवा क्लवको आयोजनामा भएको प्रतियोगिताक २५ समुहको सहभागिता रहेको प्रतियोगितामा विजेताले १ लाख २५ हजार, उपबिजेता ७० हजार नगद, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । त्यसैगरी सेमिफाइनलबाट बाहिरने समुहले १५ हजार, अनुशासित टिम १० हजार, सर्वोत्कृष्ट खेलाडी, गोलकर्ता, गोलरक्षक, स्टाईकर, मिडफिल्डर, डिफेन्डर लाई ६ हजार नगद सहितको आर्कषक पुरस्कारको ब्यवस्था रहेको छ । प्रतियोगिताको बेनीअनलाइनबाट प्रत्येक्ष प्रशारण हुने छ ।