काठमाण्डौ जेसीजले आयोजा गरेको मिस टिन नेपाल २०१७ को उत्कृष्ट २० मा छनौट भएकी म्याग्दीकी प्रशंसा श्रेष्ठ ले मिस पपुलारिटी टाईटल जितेकी छन् । बेनी नगरपालिका–७ हुलाकचोकी श्रेष्ठले प्रतियोगितामा उत्कृष्ट प्रर्दशनका साथै फाइनल चरणमा प्रवेश श्रेष्ठले भोटिङको आधारमा छनौट गरिएको विधामा अन्य प्रतिस्पर्धीलाई पछाडी पादैं उपाधी जितेकी हुन् ।

न्यु बेष्ट प्वाइन्ट आवासीय माविबाट एसइई दिएर उच्च शिक्षाका लागि काठमाण्डौमा रहेकी श्रेष्ठलाई विजय बनाउने अभियानमा साथ दिन विद्यालयले अपिल गरेको थियो । ‘म्याग्दीकी एक छोरीले उपाधी जित्ने गरी अभियानमा सहभागिता जनाउन अपिल गर्दछु । सबैको सहयोगबाट टाईटल जित्न सफल भईन्’विद्यालयका मिडिया हवका संयोजक कृष्ण जिसीले बेनीअनलाइनलाई भने । म्याग्दीबाट उच्च शिक्षाका लागि काठमाण्डौमा विद्यार्थीले विभिन्न प्रतिस्पर्धामा छनौट तथा उपाधी जितेका छन् ।