६ दिनदेखि अवरुद्ध बेनी–जोमसोम सडक खुल्यो

0

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानास्थित काभ्रेभिरमा सडकभन्दा माथीबाट खसेर सुख्खा पहिरोले अवरुद्ध भएको सडक सोमबार दिउँसो देखी सुचारु भएको छ । हिमालपारीको जिल्ला मुस्ताङ्लाई जोड्ने राष्ट्रिय राजमार्ग जोड्ने सडक विष्फोटक पर्दाथको प्रयोग गरी ठुला चट्टान पन्छाएपछि सुचारु भएको हो ।

गत बुधबार दिउँसो अविरल बर्षाले अवरुद्ध सडक बेनी–जोमसोम–कोरला आयोजनाका डोजर, स्काभेटरलगायत ४ ओटा मेशिन प्रयोग तीनदिनसम्म प्रयोग गरिएपनि सम्भव नभएपछि नारच्याङमा रहेको श्री बक्स गुल्मबाट नेपाली सेनाको टोलीले विष्फोटक पर्दाथको प्रयोग गरी सडकमा खसेको ढुंगालाई हटाएको प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद अधिकारीले बेनीअनलाइनलाई जानकारी दिए । ‘मुस्ताङबाट फर्कने सवारीसाधनलाई प्राथमिकता दिएका छौ । अवरुद्ध भएपनि अव ठुलो समस्या हुदैन्’ उनले भने । सडकखण्डमा समान्य पहिरो खस्ने क्रम नरोकिएपनि सवारीसाधनलाई सावधानी पूर्वक आवतजावतको ब्यवस्था मिलाइएको छ ।

शनिबार विष्फोटक पर्दाथले ठुला ढुंगालाई ब्यवस्थापन गरेपनि लगाचार खस्ने पहिरोले सडकमा पैदलयात्रा गर्न समेत समस्या भइरहेको थियो । डोजर, स्काभेटरको प्रयोगबाट अवरुद्ध हटाउन समस्या भएपछि जिल्ला सुरक्षा समितिको बैठकले विष्फोटक पर्दाथको प्रयोग गर्ने निर्णय गरेको थियो । सुख्खा पहिरोले करिब ५० मिटर सडक पुरेको थियो । सडक अवरुद्ध भएपछि बृद्धबृद्धा, बालबालिका, कर्मचारी, स्याउ, भेडाच्याङ्ग्रा ब्यापारी मुस्ताङको थासाङ गाउँपालिका–४ घाँसामा अलपत्र परेका थिए । अवरुद्ध खुलेपछि अलपत्र परेका यात्रुहरु गन्तब्य तर्फ जान थालेका छन् ।