महिलामैत्री भवनलाई सौन्दर्यकर्मीको आर्थिक सहयोग

0

जिल्ला प्रहरी कार्यालय म्याग्दीको परिसरमा निर्माणकार्य थालिएको महिलामैत्री भवनलाई सोमबार आर्थिक सहयोग भएको छ । सौन्दर्यकला व्यवसायी संघ म्याग्दीले आर्थिक सङ्कलन गरी प्रहरी कार्यालयमा निर्माणाधीन अवस्थामा रहेको भवनलाई सहयोग गरेको हो।

संघका जिल्ला अध्यक्ष प्रमिला जोशी श्रेष्ठ, संस्थापक अध्यक्ष सङ्गीता श्रेष्ठ र निवर्तमान अध्यक्ष राधाकुमारी मल्लसहित संघका पदाधिकारी र सदस्यसहित प्रहरी कार्यालयमा पुगेको सौन्दयकर्मीहरुको टोलीले म्याग्दीका प्रहरी नायव उपरीक्षक बशुन्धरा खड्कालाई भेटर नगद १० हजार एकसय पाँच रुपैयाँ सहयोग हस्तान्तरण गरेका थिए ।

प्रहरी कार्यालयमा आउने पीडित महिलाको न्यायका लागि निर्माण गर्न लागिएको भवनमा थोरै भए पनि सहयोग गर्न उद्देश्यले आफूहरुले व्यक्तिगत रुपमा उठाएर संस्थामार्फत सहयोग प्रदान गरिएको सौन्दर्यकला व्यवसायी संघका अध्यक्ष प्रमिला जोशी श्रेष्ठले जानकारी दिएकी छिन् । सहयोग रकम ग्रहण गर्दै प्रनाउ खड्काले प्रहरी कार्यालयमा दिनहुँ विभिन्न हिंसामा परेर महिलाहरु न्यायका लागि आउने गरेको हुँदा उनीहरुको कम्तीमा पनि एक रातको बसाइका लागि भवन बनाउन लागिएको बताइन् ।हिंसामा परेर न्यायका लागि प्रहरीमा आउने ग्रामीण क्षेत्रका महिलाहरुको सुविधाका लागि भवन निर्माणकार्य अन्तिम चरणमा पुगेको छ ।

जिल्लास्थित विभिन्न संघसंस्था र व्यक्तिको सहयोग रहेको भवनमा दुईवटा कोठा रहेका छन ्भने एउटामा आश्रयस्थल र अर्कोमा नागरिक सहायता कक्ष सञ्चालन गरिने बताइएको छ । करिव ८ लाखको लागतमा निर्माणधिन अवस्थामा रहेको भवनमा प्रहरीले मर्मत तथा सम्भारमा आएको ८० हजार रुपैयाँ बचत गरेर समेत भवनमा खर्च गरिएको छ ।