म्याग्दीमा भदौ महिनाको अन्तिम सातादेखी रेमिट्यान्स आप्रवाह सामान्य अवस्था भन्दा चार गुणा बढेको छ । दशैंतिहारलाई लक्षित गरी पठाएको रेमिट्यान्स लिन सदरमुकाम बेनी देखि ग्रामिण क्षेत्रमा रहेका बैक तथा वित्तिय संस्थामा दैनिक रेमिट्यान्स लिन आउनेको भीड लागेको छ ।
राहुरेको जिल्ला समेत भनेर चिनिने म्याग्दीबाट साक,खाडी, यूरोप लगाएत विश्वका विभिन्न मुलुकमा पुगेका म्याग्देलीहरूले चाडपर्वमा परिवारलाई लत्ता कपडा,घरायसी खर्च विभिन्न मनी ट्रासफरहरू मार्फत पठाउन थालेपछि ठुला बैंक तथा वित्तिय संस्थाका साथै ग्रामिण क्षेत्रमा रहेका सहकारीहरुको समेत रेम्टियान्सको कारोबारले ह्वात्तै बढेको छ ।
‘दैनिक १ करोडको हाराहारीमा रेमिट्यान्स भुक्तान गर्ने गरिएको छ ।खाडीमुलुकबाट मात्रै ८० प्रतिशत भन्दा धेरै रकम आउने गरेको छ’ गरिमा विकास बैंक बेनी शाखाका प्रवन्धक कमल प्रसाद ढुंगानाले भने । उनका अनुसार दैनिक १ सय २० देखी २ सय जनलाई भुक्तान गर्ने गरिएको बताए । बार्षिक करिव एक अर्वको हाराहारीमा गरिमाले रेमिट्यान्स भुक्तान गर्ने बताउँदै यसबर्ष विगतको तुलनामा रेमिट्यान्स बढेको बताए ।
जिल्लामा बेनी, मंगला गाउँपालिकाको बावियाचौर, मालिका गाउँपालिकाको दरवाङ र अन्नपूर्ण गाउँपालिकाको भुरुङ तातोपानीमा शाखा रहेको बैंकका चारवटा शाखामा विदेशमा रहेका पति, दाजुभाई, छोराछोरी लगाएतले पठाएको रकम बुझ्न महिलाहरूको भीड लाग्ने गरेको उनले बताए । चारवटा शाखामध्ये बेनी, बावियाचौर र दरवाङका कर्मचारीलाई रेमिट्यान्स ल्याउन आउने ग्राहकलाई ब्यवस्थापन गर्न कर्मचारीलाई समेत भ्याइनभ्याई छ ।
जिल्लामा रहेका सेवाप्रदायक संस्थाले दिएको तथ्याङ्क अनुसार असोजको पहिरो सातादेखी दैनिक पाँच करोडभन्दा धेरै रेमिट्यान्स भित्रिएको देखिन्छ । धौलागिरि बचत तथा ऋण सहकारी संस्था, बुद्ध बहुउद्देश्यीय सहकारी, प्रभु बैंक, ग्लोवल–आईएमइ बैंक, माछापुच्छ«े बंैक, जिल्लाको दोस्रो ब्यापारिक केन्द्र दरवाङमा रहेको दरबाङ बचत तथा ऋण सहकारी, पश्चिम म्याग्दी बहुउद्देश्यीय सहकारी संस्थाले दैनिक १२ देखी ५० लाखसम्म रेमिट्यान्स भुक्तान गरेको बताएका छन् ।
ठुला बैंकभन्दा विकास बैंक र सहकारीबाट तेब्बर बढी रेमिट्यान्स भुक्तान भइरहेको छ ।‘दैनिक भिडभाड हुन्छ, ग्राहकलाई लाइनमा राखेर भुक्तानी दिने गरेका छौ’ धौलागिरि बचत तथा ऋण सहकारी संस्था अन्र्तरगत सञ्चालित धौलागिरि टुर एण्ड ट्राभल्सका प्रवन्धक बसन्त कुमार श्रेष्ठले भने ।
उनका अनुसार आईएई, वेस्र्ट यूनियन, सिटी लगाएतका एजेन्सी मार्फत खाडी मुलुक, एशियाली, यूरोपबाट धेरै रकम आउने गरेको छ ।पछिल्लो समय जापान लगाएतका देशमा अध्ययनका लागि जाने विद्यार्थीहरुबाट समेत चाडपर्वमा खर्च पठाउन थालेकाले पनि रेमिट्यान्स बढेको सेवाप्रदायक संस्थाले जनाएको छ ।हुन्डी कारोबारलाई निरुत्साहित गर्न देशभित्र र बाहिर समेत कडाई गरिएकाले पनि सहकारी मार्फत रेमिट्यान्स भित्रिने गरेको हो।उनले दैनिक ३० देखी ७० लाखको हाराहारीमा रेमिट्यान्स वितरण गर्ने गरेको बताए ।
यसबर्ष दशैंको समय र अगं्रेजी क्यालेन्डर समेत मिलेकाले आगामी मंगलबारसम्म भीड लाग्ने बताए । जिल्लामा धेरै रेमिट्यान्सको कारोबार गर्र्ने ट्राभल्सले दशैं लगत्तै करिव १५ देखी २५ प्रतिशत ग्राहकको खातामा फर्कने गरेको जनाएको छ । पछिल्ला केहीबर्ष यता ग्रामिण क्षेत्रमा रहेका सहकारीले समेत रेमिट्यान्सलाई प्राथमिकता दिन थालेका छन् । पछिल्लो समय रोजगारका साथै अध्ययनका लागि समेत जिल्लाबाट विद्यार्थीहरू विदेशीन थालेपछि रेमिट बढेको हो ।
रेमिट्यान्सको कारोबार संगै सदरमुकाम तथा ग्रामिण क्षेत्रमा रहेका फेन्सी पसल, सुनचाँदी दुकान सहित चाडपर्वमा आवश्यक पर्ने साम्रागी खरिद गर्नेहरूको भिड लाग्न थालेको छ। चडपर्वमा भित्रिएको पैसाको ठुलो हिस्सा लत्ताकपडा,उपभोग्य बस्तु र भड्किलो खर्चमा सकिने गरेको छ ।
जिल्लामा बार्षिक ४ अर्वको हाराहारीमा रेमिट्यान्स भित्रिन्छ । म्याग्दीको प्रमुख आयस्रोत नै रेमिस्ट्यान्स हो । यसैविच स्थानीय तहको निर्वाचन लगत्तै गाउँपालिकाको केन्द्र आसपासमा ब्यापारिक चहलपहल बढेपछि सदरमुकाम बेनीमा विगतको तुलनामा ब्यापार घटेको छ । दशैका घटस्थापना यता पनि बजारमा अपेक्षा गरे अनुसार भिडभाड नभएको ब्यापारीले गुनासो गरेका छन् ।