महभीर जीप दुर्घटना: ६ जनालाई थप उपचारका लागि पोखरा रिफर

0
145

म्याग्दी अन्नपूर्ण गाउँपालिका–७ हिस्तानको महभीरमा बोलेर जीप दुर्घटनामा घाईते भएकोको थप उपचारका लागि पोखरा रिफर गरिएको छ । सोमबार साँझ सदरमुकाम बेनीबाट तिप्लाङ हुदैं हिस्तान टिकोट तर्फ जाँदै गरेको ध १ ज ६६८ नम्बरको बोलेरो जीप सडकबाट करिव ४० मिटर तल खस्दा चालक सहित १२ जना घाइते भएका थिए ।

दुर्घटनामा परेका अन्नपुर्ण–७ का ममता गबुर्जा, लक्ष्मी गर्बुजा, करिना गर्बुजा, चालक धुब्र थजाली, सवारी सधनी तुल बहादुर फगामी, लालदेवी गर्बुजाको थप उपचारका लागि पोखरा रिफर गरिएको थियो ।  त्यस्तै जलजला गाउँपालिका–५ की प्रतिमा पुन, विपिना पुन, सुनिता पुन, अन्नपूर्ण गाउँपालिका–७ की अनिता गर्बुजा र ३ बर्षिया आरजु गर्बुजालाई समान्य उपचार पछि डिस्र्चाज गरिएको छ भने ७ बर्षकी बर्षा फगामीको बेनी अस्पतालमा उपचार भइरहेको प्रहरी नायव उपरिक्षक बसुन्धरा खड्काले बेनीअनलाइनलाई बताउनुभयो ।

घाईते मध्ये केही समान्य भएपनि आफन्तले थप उपचार पोखरामै गर्ने बताएपछि यात्रुलाई डिस्र्चाज गरिएको हो सोमबार साँझ करिव ५ बजे सदरमुकाम बेनीबाट यात्रु लिएर गएको बोलेरो ७ः३० मा दुर्घटना भएको खवर आएको थियो ।दुर्घटनामा चालक सहित १३ जना घाईते भएको बताइएपनि सवारीचालक र मालिकलाई उपचारका लागि बेनी ल्याएपछि मात्रै संख्या र घाईतको विवरण खुलेको थियो।

आन्दोलनमा रहेका बेनी अस्पतालका चिकित्सले समेत दुर्घटनाको खवर पाएपछि तत्कालै निमित्त अस्पताल प्रमुख डा. अम्बालिका शाक्यको नेतृत्वमा आवश्यकत तयारीमा जुटेका थिए । चिकित्सकहरुको सक्रियताका कारण घाईतेको तत्कालै उपचारमा सहज भएको थियो । चिकित्सकले राती १ बजेसम्म उपचार गरेका थिए । दशैंमा घर फर्कने यात्रुलाई समेत सडकको जोखिमलाई मध्यनजर गरेर क्षमता भन्दा धेरै यात्रु बोक्ने सवारीसाधनमा सवार नगर्न प्रहरीले अपिल गरेको छ ।