नयाँ शक्ती म्याग्दी नेकपा माओवादी केन्द्रमा विलयको घोषणा गरिएको छ । मंगलबार सदरमुकाम बेनीमा आयोजित माओवादी केन्द्र र नयाँ शक्ती पार्टी विच धुव्रिकरण कार्यक्रममा नयाँ शक्ती म्याग्दीका जिल्ला इन्र्चाज भुपेन्द्र बुढाथोकी, प्रेम गिरी, अर्जुन शाही, हरिनारायण गिरी, इन्द्र बहादुर मगर लगाएतको नेतृत्वमा नयाँ शक्ती नेपाललाई माओवादी केन्द्रमा बिलय गरिएको घोषणा गरिएको अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य सुदिन पौडेलले बताए ।

‘नयाँ शक्तीको सिंगो नेतृत्व सहित कार्यकर्ता समेत प्रवेश गरेका छन् । माओवादीलाई बलियो बनाउने नेताहरुको समेत सक्रियता बढेको छ’ उनले भने।  नयाँ शक्तीका प्रदेश नम्बर ४ का नेता विज्ञान गिरीको नेतृत्वको टोलीले माओवादी विभाजन हुदाँ अन्य शक्तीहरुको चलखेल बढेको बताउँदै माओवादी केन्द्रलाई जिल्लामा पहिलो पार्टी बनाउने अभियानमा जुट्ने बताएका थिए ।

यसैविच सोही अवसरमा विप्लव माओवादीका म्याग्दी जनस्वयमसेवक इन्र्चाज हिक्मत पुनले समेत पार्टी परित्याग गरी केन्द्रमा प्रवेश गरेका छन् ।

म्याग्दीमा नेकपाका अध्यक्ष नेत्रविक्रम चन्द आएको बेलामा तीनदिनसम्म पुनको घरमा विताएका थिए भने उनलाई नेकपाको सक्रिय यूवा नेताको रुपमा समेत चिन्ने गरिएको थियो । पार्टी धुव्रिकरण कार्यक्रमका साथै शुभकामना आदानप्रदान कार्यक्रममा माओवादी केन्द्रका कार्यालय सदस्य एवम् अनुशासन आयोगका प्रमुख अमित शेरचन, नयाँ शक्ती परित्याग गरी प्रवेश गरेका केन्द्रिय नेता देबेन्द्र पौडेल,राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष मीन बहादुर शेरचन, मान बहादुर बुढा, जिल्ला इन्र्जाज गोविन्द पौडेल लगाएतको उपस्थिती रहेको थियो ।

माओवादी विभाजन भएपछि निस्कृय रहेका माओवादीका यूवा नेता एवम् मालिका गाउँपालिका विमका वडा अध्यक्ष सुविन जुग्जाली, बेनपा–३ भकिम्लीका पदम पुन, मंगला गाउँपालिका–४ का सुवास विक लगाएत माओवादी जनयूद्धमा जिल्ला हाक्ने माथिल्लोस्तरका नेताहरुले समेत सदस्यता नविकरण गरेर पार्टीको गतिविधिमा सक्रिय रहने बताएको नेकपा माओवादी केन्द्रले जनाएको छ ।