नेकपा (माओवादी केन्द्र)का नेता अमिक शेरचनले म्याग्दीबाट चुनाव लड्न प्रस्ताव आएको बताएका छन् । जिल्लामा रहेका नेता–कार्यकर्ताबाट म्याग्दी जिल्लालाई कार्यक्षेत्र बनाएर निर्वाचनमा सहभागि हुन आएको प्रस्ताव सकारात्मक भएपनि आफुँले स्वास्थ्यको कारण निर्वाचनको मैदानमा नआउने बताएको खुलासा गरे ।

प्रेस सेन्टर म्याग्दीले बुधवार बेनीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममबा बोल्दै नेता शेरचनले विगतमा विभिन्न जिल्लाबाट चुनावी मैदानमा उत्रिएका केन्द्रिय नेताहरु अवको निर्वाचनमा आफ्नै गृहजिल्लाबाट चुनावी मैदानमा उत्रिने समेत बताए ।

उनले पार्टी अध्यक्ष चितवनबाट प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवारी दिने बताउँदै अन्य नेताहरुले समेत आफ्नो क्षेत्रलाई प्राथमिकतामा राखेर निर्वाचन केन्द्रित अभियान सुरु गर्ने शेरचनको भनाई थियो । म्याग्दीको मालिका गाउँपालिका–४ ओखरबोट स्थायी घर भएका शेरचनलाई पश्चिम म्याग्दीका नेताकार्यकर्ताले जिल्लामा सक्रिय रहन अनुरोध समेत गरेपनि उनले चुनावी अभियानमा सहभागिता जनाउने तर निर्वाचनमा सहभागि नहुने बताएका थिए ।

‘हाम्रो पार्टीमा धेरै नेताहरु हुनुहुन्छ । म्याग्दीका सक्रिय रहेकाले अवसर पाउनुपर्छ’ उनले भने । पत्रकार सम्मेलनमा नेता शेरचनले माओवादी जनयुद्ध र विभिन्न आन्दोलनहरुको बलमा नेपालमा संघियता, गणतन्त्र, संविधान सभा मार्फत नयाँ संविधान, धर्मनिरपेक्षता, समानुपातीक समावेशीता जस्ता ऐतिहाँसिक उपलब्धीहरु प्राप्त भएको बताए ।

परिवर्तनको नेतृत्व गरेको माओवादीले मात्रै प्राप्त उपलब्धिको रक्षा गर्न सक्ने भन्दै उनले आगामी प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा समेत माओवादी बलियो शक्तिको रुपमा स्थापीत हुने दावि समेत गरे । स्थानीय तह निर्वाचनमा प्राप्त नतिजा सम्मानजक रहेको भन्दै विभिन्न कारणले विभाजीत क्रान्तिकारी र माओवादी धारका पार्टीहरुलाई एकजुट हुन मतदान मार्फत पनि जनताले सन्देश दिएको उहाँको जिकिर थियो ।

माओवादी विभाजन हुँदा निरास बनेका कार्यकर्ता र जनताहरु माओवादीहरु बिचको एकताको अभियानले पुनः उत्साहित बन्दै गएको धारणा राख्दै आसन्न निर्वाचनमा परिवर्तनकारी शक्तिहरुसंग आबश्यकता अनुसार तालमेल हुन सक्ने बताए । नेता शेरचनले परिवर्तनको पक्षमा रहेका शक्तिहरुसंगको सहकार्य गर्ने विकल्प खुल्ला राख्ने र तालमेल सम्भब नभए एक्लै चुनाव लड्ने तयारीमा पार्टी रहेको स्पष्ट पारे ।

स्थानीय तहको कार्यान्वयनले पछाडी परेका महिला, दलीत, जनजातीलाई स्थानीय सरकारको नेतृत्वमा पु¥याएको उहाँको भनाई थियो । उहाँले माओवादी केन्द्रले प्रत्येक वडामा केन्द्रिय नेता खटाउने निती अघि सारेको बताउँदै निर्वाचनमा करोडौँ पैसा खर्च गरेर चुनाब लड्ने विकृती हटाउनका लागि पूर्ण समानुपातीक निर्वाचन प्रणाली र प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय व्यवस्थाको लागि माओवादीले संघर्ष गर्ने समेत बताए ।

उनले बामपन्थी आन्दोलनलाई उचाईमा पु¥याउने र सच्चा कम्युनिष्टहरुको नेतृत्व माओवादीले मात्रै गर्न सक्ने भन्दै विभाजीत भएका माओवादी धार र परिवर्तनकारी शक्तिहरु एकतामा आउनुको विकल्प नभएको समेत बताए । उनले क्रान्तिलाई अगाडी बढाउन पार्टीमा अन्तरसंघर्ष अनिबार्य हुने भएकाले पार्टीभित्रको अन्तरविरोधकै कारण पार्टी विभाजन हुनु दुखुत हुने भन्दै पार्टीभित्रै बसेर क्रान्तिलाई पूर्णता दिनेतर्फ लाग्नुपर्ने आबश्यकता औलाएका थिए ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डाक्टर मिनबहादुर श्रेष्ठले प्रचण्ड नेतृत्वका सरकारका पालामा म्याग्दीको विकासमा दिर्घकालीन महत्व राख्ने योजना कार्यान्वयन अघि बढेको बताउनुभयो । बेनी–दरवाङ–ढोरपाटन सडकलाई मध्यपहाडी राजमार्गको बिकल्प बनाउने, राहुघाट जलविद्यूत आयोजनालाई अगाडी बढाउनका लागि प्रकृयालाई तिब्र दिने, म्याग्दी र राहुघाट क्षेत्रका सडकलाई चक्रपथ बनाउने, कालीगण्डकी करिडोरको बेनी–जोमसोम सडक स्तरवृद्धी र विद्युत प्रशारण लाईन निर्माणको काम अघि बढेकोे जानकारी दिए । पत्रकार सम्मेलनमा डा. श्रेष्ठलाई समेत निर्वाचनमा सहभागि हुन अनुरोध गरिएपनि उनले पार्टीको लक्ष्य प्राप्तीमा सधै सक्रिय हुने बताउँदै निर्वाचनमा निरन्तर सहयोगको प्रतिबद्धता समेत जनाए ।