राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान म्याग्दीले शुभकामना आदान प्रादान कार्यक्रम गरेको छ । बिजया दशमी तथा तिहार २०७४ को अबसरमा प्रतिस्ठानले शुभकामना आदान प्रदान कार्यक्रम गरेको हो ।

साथै कार्यक्रममा म्याग्दीकी अग्रज गायिका तथा प्रतिष्ठानकि सल्लाहाकार धनकुमारी थापाको छोरी संगीता थापाको अल्पायुमै भएको निधन प्रति खेद प्रकट गर्दै सोक प्रस्ताब पारित गरेको छ कार्यसमितिमा कार्यसमितिमा थप गरिएका २ जना सदस्यहरुलाई सपथ एबम स्वागत समेत गरिएको छ । कार्यक्रम प्रतिष्ठानका अध्यक्ष कृष्ण जिसी र सचिब एकराज चापागाइको संचालनमा सम्पन्न भएको हो ।

साथै प्रतिष्ठानले आफ्नो अक्षय कोष स्थापनार्थ दिपवालीको शुभ अबसरमा देउसी भैलो खेल्ने निर्णय समेत गरेको छ जसका लागि अध्यक्ष कृष्ण जिसी, प्रथम उपाध्यक्ष देबेन्द्र घिमिरे, द्दितिय उपाध्यक्ष ध्रुब जिसी, सदस्य देवि जिसी सदस्य रहेको देउसी भैलो तयारी समिति गठन गरेको छ । प्रतिष्ठानले कला नगरबासीको घरदैलोमा आउने प्रतिष्ठानको देउसीभैलोलाई सक्दो सहयोग गरिदिन आग्रह समेत गरेको छ ।