मोनाको कार्यक्रममा आउनेलाई होमस्टे सुविधा

0
212

म्याग्दी प्रवासी नेपाली संघ अन्तराष्ट्रिय कार्यसमितिको दोस्रो महाधिवेशनमा सहभागि हुन आउनेलाई होमस्टेको सुविधा उपलब्ध गराउने तयारी भइरहेको छ।

पश्चिम म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरवाङमा असोज २२, २३ र २४ गतेमा हुने महाधिवेशनमा सहभागि हुनेलाई होटल सहित स्थानीयको घरमा समेत बस्ने ब्यवस्था गरिने मालिका गाउँपालिका प्रमुखका अध्यक्ष श्रीप्रसाद रोकाले बेनीअनलाइनलाई बताए ।

‘महाधिवेशनमा आउनेलाई भब्य स्वागतको तयारी भइरहेको छ । हामीले पश्चिम म्याग्दीको सम्रग विकासमा समेत सहयोगको अपेक्षा गरेका छौ‘ रोकाले भने । उनका अनुसार हालसम्म विभिन्न देशबाट, अतिथिहरू, विभिन्न संघसंस्था, स्वास्थ्य सम्बन्धि तालिम लगाएतका कार्यक्रमहरुमा करिव ३३ सय जनाको सहभागिताको अनुमान गरेर ब्यवस्थापनको कार्य सुरु गरिएको उनले बताए ।

महाधिवेशनमा स्थानीय होटलले मात्रै अतिथिलाई बस्ने ब्यवस्था मिलाउन नसक्ने देखेपछि गाउँपालिकाले कम्तीमा दुईरात बस्ने गरी आसपासका घरहरुलाई होमस्टेको रुपमा विकास गर्ने तयारी गरेको छ । जिल्लामा होमस्टेको कार्यक्रम प्रभावकारी नभएपनि छोटो समयमा पाहुनालाई ब्यवस्थापन गर्दा भविस्यमा समेत होटल ब्यवसायमा संलग्न हुन समेत सहज हुने भएकाले पनि होमस्टेको ब्यवस्थापनमा समेत स्थानीयले प्रतिबद्धता जनाएका छन् ।

महाधिवेशनको उद्घाटन एनआरएन आइसीसीका अध्यक्ष शेष घलेले गर्ने कार्यक्रम रहेको छ भने एनआरएनका उपाध्यक्ष एवम् आगामी कार्यकालका अध्यक्षका प्रत्यासी भवन भट्ट लगाएत जापानका चिकित्सकको टोली समेत जनप्रतिनिधिलाई स्वास्थ्य सम्बन्ध् िजानकारी दिन आउने कार्यक्रम भएकाले पनि जिल्ला बाहिरबाट आउनेको संख्या समेत अत्याधिक हुने मोनाका कोषाध्यक्ष चक्र थापाले बताए ।

ब्यवस्थापनको जिम्मा गाउँपालिकाले लिएको छ । यसैविच पश्चिम म्याग्दीको कृषि, पर्र्यटन, जलविद्युत, खानीहरुको उत्खनन्मा समेत प्रवासीको ध्यान केन्द्रित गर्ने कार्यक्रम रहेको छ । मोना महाविधेशनको तयारी तिब्र गतिमा अन्तिम चरणमा पुगेको छ ।