गाउँघरमा दशैको रमझम सुरु भएको पनि हप्ता दिन वितिसकेको छ, विदेशमा गएकाहरु समेत दशै मान्नका लागि घर फर्किएका छन् तर म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वर स्थित प्रशिद्ध धार्मिकस्थल गलेश्वरमाको बृद्धआरुममा बस्ने जेष्ठ नागरिकहरुमा भने दशैको कुनै चहलपहल छैन । गलेश्वरको जेष्ठ नागरिक आश्रममा बसोबास गर्ने ४५ जना जेष्ठ नागरिकले गलेश्वर मन्दिरमा दर्शन गरी टिका लगाउने योजना बनाएका छन् ।

घर परिवार भएपनि छोराबुहारीले आश्रममा बस्न बाध्य बनाएका जेष्ठ नागरिकलाई दशैंका घरपरिवार र आफन्तको धेरै याद आउने गरेको छ । “हाम्रो जस्तो दिन कसैको नहोस् । चाडपर्वमा घरपरिवारको याद आउँछ’ पर्वतकी एक बृद्धाले भनिन् ।
उनले छोराबुहारीले आश्रममा छोडेपछि परिवारसंगको सम्बन्ध तोडिएको बताउँदै चाडपर्वमा आफन्त सम्झेर वित्ने गरेको बताईन् । उनले छोराबुहारीको दशैं घरमा मनाउने गरेपनि आफुँले आश्रमा बस्नेहरुको हातबाट टिका लगाउने गरेको बताईन्। परिचय गोप्य राख्ने उनले छोराबुहारीको बदनाम भएको समेत हेर्न नचाएको बताउँछिन् ।

आश्रममा बस्दै आएकी राखुपिप्ले भद्रा गिरीले समेत अन्य दिनमा जस्तै दशैमा समेत कुनै नयाँ योजना नबनाएको बताउनुहुन्छ । “बरु दशैका बेलमा आफ्नो विगतका दिनहरु सम्झदै निराश हुने गरेको छु” गिरीले भनिन् । उनले आश्रममा बस्नेहरुलाई टिका र मिठो खाने ब्यवस्था समेत गर्ने गरेकी छन् । त्यस्तै आश्रमभित्र रहेका केही जेष्ठ नागरिकहरुले मुक्तिनाथ मन्दिरको दर्शन गर्ने जाने योजना रहेको भएपनि मिठोखाने,राम्रो लगाउन र परिवारसंग बस्ने रमाईलो गर्ने आफ्नो भाग्यमा नलेखेको रहेछ भन्दै दुख मान्ने गरेका छन् ।

घरपरिवार भएका जेष्ठ नागरिकहरुमा चाडपर्वमा आँखा रसाउने गरेका छन् । गलेश्वर मन्दिरमा पुजा गर्ने, सरसफाई लगायतका काम गने योजना बनाउने अधिकांस जेष्ठनागरिकले दशैले भने नेपालमा शान्ति, प्रत्येक घरमा खुसीयाली र कुनैपनि दुखकष्ट नपरोस भन्ने कामना समेत गर्न भ्याएका छन् । आश्रममा सहयोगका लागि जाने सबैसंगै चाडपर्वको कुराकानी गर्दा जेष्ठ नागरिकहरुका आखा रसाउने गरेको छ ।

गलेश्वर क्षेत्र विकास समितिले बसोबास गर्ने जेष्ठ नागरिकलाई आवश्यक पर्ने पुर्वाधार तथा खाद्य साम्रागी रहेको समितिका अध्यक्ष रुद्रबहादुर केसीले बताए । उनले जेष्ठ नागरिकलाई आवश्यक सुविधा उपलब्ध गराउने गरिएको बताउँदै चाडपर्वमा केही नजिकको आफन्तको जाने गरेको समेत बताए । उनले छोराबुहारीले अपमान गरेपनि आफन्तले चाडपर्वमा लैजाने गरेकाले पनि केहीले चाडपर्वको समयमा आश्रम छोड्ने गरेको बताए । आश्रममा गलेश्वर मन्दिरबाट समेत चाडपर्वको अवसरमा विभिन्न कार्यक्रम हुने गरेको छ ।