हिन्दु नेपालीको महान चाड विजय दशमीको अवसरमा प्रवासमा बसोबास गर्ने म्याग्देलीले बडादशैंको दर्सौ दिन आज आफ्ना मान्यजनबाट टिका तथा जमरा लगाई हर्षोल्लासका साथ विजयादशमी मनाइरहेका छन ।

घर विदा नपाएका तथा अन्य कारणले आफ्नो जन्मभुमिमा आउन नसकेका नेपालीले सामुहिक टिकाजमरा लगाई दशै मनाएका छन । अस्टे«लिया, साउदी अरवमा नेपाल पञ्चाँग निर्णायक समितिले सावर्जनिक गरेको साईट अगाडी नै टिका लगाएका छन् । अस्टेलियामा रहेका म्याग्देलीले विहान टिका लगाएका छन् ।

त्यस्तै केहीले गाउँमा रहेका आफन्तबाट स्काईप लगाएत सामाजिक सञ्जालबाट समेत लगाउने योजना बनाएका छन् । केहीले साईट अनुसार नै टिका लगाउने तयारी गरिरहेका छन् । कम्पनीमै घटस्थापनाका दिन जमरा राखेर नेपालीले टिका लगाएको बताएका छन् ।दशैंमा नेपालका विभिन्न जिल्लाबाट आएकाहरुसंग जमघट हुने गरेको छ ।

दशैको अवसरमा कामबाट विदा लिएर समेत टिका लगाउने गरेको छन ।कम्पनीले समेत आफ्नो चाँड मनाउन विदा तथा अन्य सुविधा दिने गरेको छ । दशैमा हिन्दुका साथै अन्य धर्मलम्बीहरु समेत एकै ठाउँमा जमघट भएर रमाइलो गरेकाले यसलाई कुनै धर्मविशेष भन्दा पनि एकताको चाँडका रुपमा लिने गरेको प्रवासी म्याग्देलीको भनाई छ ।

खाडी मुलुकमा मुम्लिम धर्मलम्बीहरुले समेत संगै बसेर रमाइलो गरेका थिए । सधै घर तथा इष्टमित्रकोमा गई टिका लगाउने गरेकोमा प्रदेशमा प्रमुख चाँड मनाउनुपर्दा केही खल्लो महसुस भने हुने गरेको म्याग्देलीहरुको भनाई छ ।दशैका दिन घरमा फोन गरेर आफन्त, ठुलाबडा, बाजेबज्यै, बाबुआमा, गुरुपुरोहित तथा मान्यजनबाट टेलिफोनबाटै आशीर्वाद लिने समेत गरेका छन ।