दशैंको अवसर पारेर एक बन्दीको कैद सजाय मिनाहा

0

सरकारले वडादशैंको अवसर पारेर म्याग्दी कारागारमा कर्तब्य ज्यान अन्र्तरगतकी एक कैदीको कैद मिनाह गरेको छ । जिल्लाको मालिका गाउँपालिका साविकको ‐रुम गाविस ५) की भिमसरा घर्तीलाई आफन्तको जिम्मा लगाएर घर पठाएको जिल्ला कारागार म्याग्दीले जनाएको छ ।

असल आचरण देखाउनेलाई कारागारको सिफारिसका आधारमा छनोट गरेर आममाफी दिइएको हो । घर्तीले ४० प्रतिशतभन्दा बढी कैद भुक्तान गरिसकेका थिए । जिल्ला कारागारमा अझैपनि क्षमता भन्दा तेब्बर कैदीबन्दी रहेका छन् ।

गणतन्त्र दिवस, संविधान दिवस लगाएतमा समेत कैदीबन्दीलाई कैद मिनाह गर्ने गरिएको छ । जघन्य अपराध र समाजका शान्ति सुरक्षा खलल पार्ने गतिविधिमा संलग्नलाई कैद मिनाह गर्ने गरिएको छैन् । जिल्ला कारागार, प्रहरीले कैदीको आचरण हेरेर सिफारिस गर्ने गरिन्छ । जिल्लाबाट सिफारिस गरिएकासजाय मिनाहको प्रस्ताव समेत अस्वीकार समेत हुने गरेको छ ।