ज्यामरुककोटमा मौलो पूजा सहित सामुहिक टीका ग्रहण

0
448

म्याग्दीको बेनी नगरपालिका २ को ज्यामरुककोटमा अवस्थित ऐतिहाँसिक खड्ग भवानी कोतमा शनिवार (आज) मौलो पूजा सहित सामुहिक टीका ग्रहण गरिएको छ ।

घटस्थापनादेखि वडा दशैंको दिनसम्म दुर्गा भवानीको पूजा अर्चना गरी प्रसाद स्वरुप दशैंको दिन मौलो पूजा सहित टीका ग्रहण गरिएको हो ।नेपालको एकिकरण हुनुपूर्व तत्कालिन पर्वत राज्य अन्तरगत पर्ने ऐतिहाँसिक तथा सामरिक दृष्टिकोणले अत्यन्त महत्वपूर्ण मानिएको खड्गभवानी कोटमा दुर्गा भवानीको पूजा आराधना हुनुका साथै सप्तमीको दिनदेखि नहमीको दिनसम्म वली दिई शक्ति स्वरुपा नवदुर्गाको पूजा अर्चना गर्ने परम्परा रही आएको छ ।

कोटको अगाडी रहेको मौलो र हतियार रहेको भित्रि कोत खड्ग भवानी मन्दिरका विशेषताहरु भएपनि वलि दिएका पशुहरुको शिर कुन दिशातर्फ फर्कन्छ र घटस्थापनाको दिनमा वालिएको वत्ति दशमीको दिनसम्म निभ्छ कि निभ्दैन भन्ने विषयले निकै महत्व पाउने स्थानीय वासिन्दाहरुको भनाइ रहेको छ ।

तत्कालिन राजा भर्तिवम मल्लको दरवारलाई उनको मृत्युपछि कोतवनाई राजाले प्रयोग गरेका हातहतियार ,ढाल,तरवार लगाएतका सामानहरु राखिएको खड्ग भवानी कोट ऐतिहाँसिक दृष्टिकोणले मात्र होइन प्राकृतिक सौन्दर्यताको दृष्टिकोणले पनि अत्यन्त सम्भावना युक्त ठाउँ मानिन्छ ।

खड्ग भवानी कोटसंग म्याग्दी जिल्लाकै इतिहाँस र वाइसे चौविसे राज्यको वास्तविकता गाँसिएको भएता पनि जिल्लाका सरोकारवाला निकाय र स्थानीय वासिन्दाहरुको वेवास्ताका कारण कुरिलाखर्क महारानी , शिवालय मन्दिर, निरयघाट, ढोलठान र ताकमकोटसंग सम्वन्धित प्रशस्तै इतिहाँस र तत्कालिन अभिलेखहरु अहिले लोप हुने अवस्थामा पुगेका छन् । प्रशस्तै पर्यटकीय सम्भावना वोकेको ऐतिहाँसिक स्थललाई स्थानीय जनप्रतिनिधि,बुद्धिजिवी र सरोकारवालाहरुले वेवास्ता गरेका स्थानीयको गुनासो रहेको छ ।

विदेशमा रहेका ज्यामरुककोटका केही युवाहरुले महत्वपूर्ण विरासत रहेको खड्ग भवानी कोटको विकासका लागि आफूँहरुले पर्याप्त सहयोग गर्ने वताएका छन् । प्राकृतिक सौन्दर्यताले पूर्ण ऐतिहाँसिक र सामरिक विराशत रहेको खड्गभवानी कोटलाई संरक्षण गरी पर्यटकीय क्षेत्र वनाउनका लागि पहल गर्ने खड्ग भवानी कोत व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण घिमिरेले बताउनुभयो । धु्रबसागर शर्मा