
वाइसेचौविसे राज्यको अन्त्य नहोउन्जेलसम्म पर्वत राज्य अन्तरगतको अत्यन्त महत्वपूर्ण र शक्तिशाली मानिने बेनी नगरपालिका २ ज्यामरुककोट आफ्नो ऐतिहाँसिक विरासतलाई गुमाउँदै गएपछि अहिले आएर अस्तित्व विहीन जस्तै वन्दै जान थालेको छ ।
ऐतिहाँसिक, सामरिक,पुरातात्विक,जैविक, धार्मिक र प्राकृतिक दृष्टिकोणले समेत अत्यन्त महत्वपूर्ण मानिएको ज्यामरुककोटले आफ्नो मौलिकता र पहिचान मात्र गुमाएको छैन, यहाँ रहेका ऐतिहाँसिक सम्पदाहरु पनि नामेट हुँदै जान थालेका छन् ।सम्पन्न, विद्धान र राजनीतिक रुपले सक्रिय व्यक्तिहरुको वसोवास रहेको भएता पनि ज्यामरुककोटका ऐतिहाँसिक सम्पदाहरुको संरक्षण र समग्र ज्यामरुककोटको विकासका लागि कसैले केही पनि पहल नगर्दा ज्यूँदो जाग्दो ऐतिहाँसिक विरासत वोकेको ठाउँ वत्तिमुनिको अध्यारो वनेको स्थानीयहरुले वताएका छन् ।
तत्कालिन राजा भर्तिवम मल्लले आफू र आफ्ना राज्यमा वसोवास गर्ने जनताको सुविधाका लागि वनाएको सात्लेपानीको कुवा १६ औं शताब्दीदेखिको एउटा जिउँदोजाग्दो ऐतिहाँसिक सम्पदा भएता पनि त्यसको संरक्षणमा समेत कसैको ध्यान नपुग्दा अहिले सो सम्पदा अन्य सम्पदा झैं इतिहाँसकै गर्भमा लोप भएर जाने अवस्थामा पुगेको छ ।बेनी नगरपालिका वडा नं २ को वडा कार्यालयकै तल्लोपट्टी वाटोको छेउमा नै रहेको सो कुवाँको संरक्षणमा कसैले पनि चासो नदिदा अहिले पुरिने अवस्थामा रहेको स्थानीय रामवहादुर दर्जीले जानकारी दिनुभएको छ ।
तत्कालिन ज्यामरुके राजा भर्तिवम मल्लले आँफू र आफ्ना जनताले पानी खानका लागि एकै ठाउँमा दुईवटा अलगअलग कुवा वनाई एउटा कुवा आफूले मात्र प्रयोग गर्ने र अर्को कुवा जनताका लागि खुला राखिदिने गरेको किंवदन्ती रहेको छ । सो कुवा कहिले निर्माण भएको हो भन्ने विषयमा कुनै अभिलेख नरहेको भएतापनि ज्यामरुककोटको डाडाँमा रहेको आफ्नो दरवार नजिकैको कुवा पहिरोले पुरेपछि सात्लेपानीमा कुवा वनाएका स्थानीय वूढापाकाहरुको भनाइ रहेको छ ।
ज्यामरुककोट कोटडाँडाका ७६ वर्षिय गजवीर किसानका अनुसार अन्यत्र खानेपानीका मुहानहरु नहुँदा सात्लेपानिमा रहेको सो कुवामा ज्यामरुककोटका वासिन्दाहरु पानीभर्नका लागि रातीदेखि नै लाइनमा वस्ने गर्दथे । ‘तामाका गाग्री लिएर टाढाटाढावाट पनि मानिसहरु पानी भर्न सोही कुवामा आउने गरेका मैले पनि थाहा पाएको हुँ ’ किसानले भन्नुभयो ‘त्यस अघि सोही कुवाँमा भन्ने किँवदन्ती रहेको छ ।’