किन संरक्षण हुन सकेन ऐतिहाँसिक खड्गभवानी कोत ?

0
426

ऐतिहाँसिक तथा पुरातात्विक महत्व वोकेको म्याग्दीको बेनी नगरपालिका २ ज्यामरुककोटमा अवस्थित ऐतिहाँसिक खड्गभवानीकोत विकृत राजनीति र स्थानीय वुद्धिजीविहरुकै कारण  अस्तव्यस्त बनेको छ ।

विभिन्न राजनीतिक दलका जिल्ला स्तरीय नेताहरुको गाउँ पनि भनेर चिनिने ज्यामरुककोटमा मौलाएको विकृत राजनीतिले यहाँको मठ मन्दिर,विकास योजना समेत प्रभावित बनेको छ । निजामति,प्राविधिक तथा प्रशासनिक तहमा उच्च स्थानमा पुगेका व्यक्तिहरुलाई जन्माएको ज्यामरुककोट गाउँ र यहाँका साँस्कृतिक,धार्मिक र प्राकृतिक सम्पदाहरु अहिले संरक्षक विहीन हुँदा टुहुराजस्तै बनेर लोप हुने अवस्थामा पुगेका छन्

DofUbLsf] a]gL gu/kflnsf $ df kg]{ dNnsfnLg /fhf elt{jd dNnn] /fHo u/]sf P]ltxfl;s :yn Hofd?ssf]6 . oxfF /x]sf] v8uejfgL sf]tdf cem} klg ;fdl/s dxTjsf efnf, t/jf/, v’F8f, v’s’/L nufPtsf xftxltof/x? /x]sf 5g . tl:a/ M w’|a;fu/ zdf{,/f;;,a]gL DofUbL

नेपाल एकिकरण पूर्व पर्वत राज्य अन्तर्गतको ज्यामरुककोटको खड्ग भवानीकोत, केही वर्ष अघिसम्म यस क्षेत्रकै प्रख्यात र आकर्षक कोत थियो । १५औं शताव्दीको प्रारम्भसंगै थापाहरुले राज्य गर्नथाले पछि अस्तित्वमा आएको ज्यामरुककोट २१औं शताव्दीको पूवार्धसम्म आइपुग्दा आफ्नो पहिचान र ऐतिहाँसिक विरासतलाई गुमाउँदै जान थालेको स्थानीय ८२ वर्षिय बेलवहादुर कुवँरले बताउनुभयो । ‘ज्यामरुककोटले

डाक्टर,पाइलट,इन्जिनियर,नेता,बैज्ञानिक,उद्योगपतिदेखि लिएर विद्धान र विदेशमासमेत राम्रो हैसियत बनाउन सफल भएका व्यक्तिहरुलाई जन्माएको छ’ कुवँरले भन्नुभयो ‘तर आज तिनै व्यक्तिहरुको वेवास्ताका कारण यो गाउँ अस्तव्यस्त बन्दै जान थालेको छ । सांस्कृतिक र धार्मिक सम्पदाहरुमाथि राजनीति भैरहेको छ । एकले अर्कालाई निषेध गर्ने र अस्तित्व नै स्वकीकार नगर्ने प्रवृत्ति बढेको छ र यसको मारमा हाम्रा ऐतिहाँसिक,साँस्कृतिक,धार्मिक र पर्यटकीय क्षेत्रहरु परेका छन् ।’ ज्यामरुककोटको खड्गभवानी कोतमा घटस्थापनाको दिनदेखि दशैको टिकाको दिनसम्म विशेष पूजाआजा गरिनुका साथै पशु बली दिइने गरिन्छ ।

कोत पुजा संचालन र संरक्षणका लागि १ करोड भन्दा बढि मूल्यको जग्गा गुठीको रुपमा रहेको छ । पूजा संचालन र गुठी व्यवस्थापनका लागि समिति समेत वनाइएको छ । विभिन्न राजनीतिक दलका व्यक्तिहरुआवद्ध सो समिति आँफै अपांग जस्तै बनेको छ । ‘समितिमा रहेका पदाधिकारीहरु नै एक अर्काका विरोधी बनेका छन् । समितिको बैठकमा न सदस्यहरु उपस्थित हुन्छन् नत कोतलाई व्यवस्थित गर्ने विषयमा कुनै निर्णयहरु गरिन्छन्’ खड्गभवानी कोत पूजा संचालन एवम् गुठी व्यवस्थापन समितिका एकजना सदस्यले बताए ।

समयक्रमसंगै ऐतिहाँसिक महत्व वोकेको ज्यामरुककोटको खड्गभवानी मन्दिर अहिले आएर अस्तव्यस्त अवस्थामा रहेको छ । त्यहाँ रहेका हातहतियारहरुको उचित संरक्षण हुन नसक्दा खुँडा, खुकुरी , भाला, तरवार , ढाल लगाएतका औजारहरुमा खिया लागेको छ भने कोट परिसर युवायुवतीहरुको क्रिडास्थल र केही टाँठावाठाहरुको व्यक्तिगत सम्पत्तिजस्तै वनेको स्थानीयवासिन्दाहरुले वताएका छन् ।

खड्ग भवानीको नाममा प्रशस्तै गुठीजग्गा रहेको भएता पनि त्यसको अतिक्रमण हुने क्रम वढ्दै जान थालेको छ । गुठी संरक्षणमा गुठी व्यवस्थापन तथा कोटपूजा संचालन समिति र नगरपालिकाले कुनै ध्यान नदिएको स्थानीयहरुको भनाइ रहेको छ ।पर्यटकीय महत्वले समेत उपयुक्त मानिएको खड्ग भवानी मन्दिर परिसरमा केही भौतिक पुर्वाधारहरुको निर्माण गर्नेहो भने वर्षेनी सयौं पर्यटकहरु त्यहाँ पुग्न सक्ने सम्भावना रहँदारहँदै पनि बृद्धिजीवि र दलका नेताहरुले कुनै पहल गर्न नसकेको स्थानीयले बताएका छन् ।