तस्वीरमा हेर्नुहोस् ५२ बर्ष अगाडीको म्याग्दी (फोटो फिचर)

0
331

जहाँ हेरेपनि खुल्ला, रमणीय दृष्य, न्यून जमघट, पातलो बस्ती, आत्मिय सम्बन्ध र खाली खुट्टा, पुराना तर सुन्दर पहिरनमा सजिएका यी दृष्ट अहिलेभन्दा करिव पाँच दशक अगाडीका हुन् । म्याग्दी जिल्लामा शिक्षा, स्वास्थ्य, कृषि लगाएतका क्षेत्रमा काम गर्न अमेरिकाबाट आएको एक टोलीले जिल्लामा करिव २ बर्षको बसाईको क्रममा खिचिएका तस्वीरहरूको विगत र वर्तमानको परिवर्तन सहजै पहिचान गर्न सकिन्छ । पञ्चायतकालिन अवस्था, शैक्षिक, स्वास्थ्य लगाएत राजनीतिक गतिविधिहरु समेत तस्विरमा देखिन्छ ।

तत्कालिन समयमा म्याग्दी जिल्लाका एक मात्र शक्तिशाली नेताको रुपमा चिनिएका भीमप्रसाद गौचनको उपस्थितीमा भएको पाँर्चा जिल्ला सभाको दृष्य देखी दुर्गा बहादु हमालको उम्मेदवारीको प्रचारप्रसार, बेनीबजार र ग्रामिण क्षेत्रमा रहेका पाठशालाहरुले मनाउने सरस्वती पुजा, आरन ब्यवसाय, भत्किएका घर, सरकारी कर्मचारीले गरिरहेको कार्यसम्पादन, खेतीकिसान, मजदुरी लगाएतका गतिविधिहरु देख्न सकिन्छ ।

सरस्वती पुजामा अनिर्वाय बोका काट्ने प्रचलन समेत रहेको देखिन्छ । विद्या की देवी सरस्वतीको पुजालाई तत्कालिन समयमा निकै उत्सवको रुपमा हेरिने गरिन्थ्यो । अहिले पनि विद्यालयस्तरमा पुजाआजा गरिन्छ तर पनि त्यो समयको सरस्वती पुजा र अहिलको विद्यार्थी र शिक्षकले सहजै फरक छुट्याउन सक्छन् ।       

म्याग्दी जिल्लाको सदरमुकाम बेनी देखी विकट बस्तीहरुसम्मका दृष्यहरु देख्न सकिन्छ । वि.श २०२२ साल आसपासमा खचिएका तस्वीरहरुले नयाँ पुस्तालाई पुरानो म्याग्दी र त्यहाँ भित्रका केही गतिविधिलाई तस्वीरबाट भएपनि हेर्न मौका मिलेको छ । तत्कालिन समयमा हाल रहेका सरकारी कार्यालयका भवन भएका स्थान, बेनपा–२ हाँडेभीरको दृष्य, म्याग्दी र कालिगण्डकी, बेनीबजारका विभिन्न स्थानबाट खिचिएका तस्वीरहरुले पाँचदशक अगाडीको वास्तविक म्याग्दीलाई देख्न सकिन्छ ।

अमेरिकाबाट स्वास्थ्य र शिक्षाका लागि आएको टोलीलाई तत्कालिन जिल्ला सभापति समेत रहेका भीमप्रसाद गौचनले समेत पुरै सहयोग गरेको स्मरण समेत उनीसंग अझै छ । उनले पाँचौ जिल्ला सभाको अवसरमा समेत अतिथिका रुपमा र जिल्लामा भइरहेका र आवश्यक क्षेत्रमा बारेमा समेत सहयोग मागेको समान्य सम्झना भएपनि दुईबर्षको अवधिमा जिल्लामा केही सहयोग गरेर फर्किएको अनुभव समेत उनले सुनाउँछन् ।

भनिन्छ नी बगेको खोला र गएको समय फर्केर आउँदैन् ।यी तस्वीरहरुले समेत त्यही भनाईलाई पुष्टी गरेको छ । म्याग्दी जिल्ला भित्रका तस्वीर मध्ये क्रमश बेनीअनलाइनमा प्रकाशित गरिने छ । हामीले लेखेक संग समेत सम्पर्कको प्रयास गरेका छौ । उहाँसंग सम्पर्क भए उहाँको भनाई सहितको तत्कालिन समयमा भएका गतिविधिलाई समेत बेनीअनलाइन मार्फत प्रकाशित गर्नेछौ ।   (तस्विर : Wayne Stinson/ Public health malaria specialist)