रातोमाटोलाई पाथी र मानाको हिसाबमा बिक्री गर्दै आएका रत्नेचौरकी मिना विकले पाथीको ८० देखि एक सय रुपैयाँसम्ममा बिक्री गर्ने गरेको बताइन्। त्यस्तै घर खर्च टार्न र बालबालिकालाई पढाइ खर्च जुटाउनका लागि पनि सहज भएको रातोमाटो बिक्री गर्दै आएका ढाँडथर निवासी कृष्णवहादुर विक बताउछन् ।
‘दिनभरी रातोमाटोको खाल्डोमा बसेर रातोमाटो निकाल्छौँ र स्थानीय बजारमा ल्याएर बिक्री गर्छौं, आम्दानी पनि राम्रै छ’, रातोमाटो बिक्री गर्ने क्रममा म्याग्दी सदरमुकाम आइपुगेकी मिना रामदामले भनिन्। रातो माटो निकाल्ने ठाउँमा नै आउने ग्राहकलाई २० रुपैयाँमा र बाहिर लगेर विक्री गर्दा प्रतिपाथी ८० देखि एक सयमा विक्री हुने रामदामको भनाइ छ ।
रातोमाटोको लागि प्रसिद्ध मानिने यो स्थानका करिब २० घर परिवारले हाल आएर यो पेसालाई प्राथमिकता दिँदै आएका छन् । दैनिक माटो बिक्री गरेका कारण ढाडथरमा जताततै माटोका खाल्डा पाइने गरेको छ ।यसरी नै माटो बिक्री गरिरहने हो भने सो स्थानका बासिन्दाको जीविकोपार्जन त हुन्छ तर केही वर्षमा यो स्थानमा रातोमाटो नै नपाइने संभावना बढ्दै गएको छ । रासस