विदेशबाट फर्किएर गाउँमै बाख्रापालन (फोटो फिचर)

0
483

गाउँका साथीहरू धमाधम बैदेशिक रोजगारमा जान थालेपछि बेनी नगरपालिका–३ भकिम्लीका केशव शर्मा नीउरेले ऋण खोजेर युएईमा गए । आर्कषक तलवको प्रलोभनमा यूएई पुगेका शर्माले कम्पनीको नियम अनुसार काम गर्दा समेत अपेक्षा गरे अनुसार कमाउन सकेनन् । एकबर्षको बसाईपछि घर फर्किए साउदी अरव, ओमन र मलेसियामा करिव आधा दशक विताए ।

विदेशमा राम्रो कमाई हुन्छ भनेर भारत सहित विभिन्न देशमा पुगेपछि कुनै प्रगति नभएपछि पासर्पोट नै फालेर घरमै पशुपालन र कृषिमा लागेका शर्माले दुईबर्ष मेहनत गरेर लागेका छन् ।‘स्वदेशविदेशको अनुभव मात्रै भयो, घरमा आएपछि गाउँमै आम्दानी गर्न सकिन्छ भन्ने लागेर लगानी गरे’ उनले भने । परिवारको सहयोगमा असिम आधुनिक बाख्रापालन फर्म स्थापना गरेका उनीसंग अहिले उन्नतजातका २५ वटा बाखा छन् । 

बोयर क्रस, जमुना पारि, वित्तल, खरी लगाएतका स्थानीय र उन्नत जातका बाख्रा पालन गरेका उनले फर्मको पूर्वाधार निर्माण, माउ बाख्रा खरिद लगायतको क्षेत्रमा २० लाख भन्दा बढी लगानी गरिसकेका छन् । बाख्रापालनलाई थप व्यवस्थित र व्यवसायिक बनाउने तयारीमा लागेका नीउरेले भविष्यमा आफुले उत्पादन गरेका बाख्राहरुलाई स्थानीय, राष्ट्रिय देखि अन्तराष्ट्रिय बजार सम्म पु¥याउने संकल्प गरेका छन् ।

उनले करिब १० रोपनी बारीमा व्यवसायिक सुन्तला खेती समेत थालेका छन् । सुन्तला उत्पादनको हिसाबले पकेट क्षेत्र मानिने भकिम्ली र आसपासका क्षेत्रका कृषकलाई लक्षित गरी नर्सरी समेत स्थापना गरेका छन् । सुन्तलाको नर्सरीमा करिव ६० हजार बराबरको सुन्तला उत्पादन हुने गरेको छ ।

दुईबर्ष भित्र सुन्तलाको बार्षिक आम्दानी ३ लाखसम्म पु¥याउने लक्ष्य रहेको उनले बताए । कृषक नीउरेले कृषि पेसालाई व्यवसायिक बनाउनका लागि सुन्तलासंगै घाँसका विरुवा उत्पादनलाई समेत संगसंगै अगाडी बढाएका छन् । आफुले पालन गरेका बाख्राहरुको लागि आबश्यक पर्ने घाँस विस्तारसंगै अन्यलाई समेत विक्रिको लागि जिल्ला भुंरक्षण तथा बन कार्यालयसंगको समन्वयमा विभिन्न प्रजातिका घासका विरुवा उत्पादन सुरु गरेको बताए ।

उनले निकट भविष्यमा बाख्रा पालनका, फलफुल, घाँससंगै टिमुरखेतीलाई समेत प्राथमिकता दिने योजना बनाएका छन् । साथै उनले बैँकहरुले सुलभ दरमा उपलब्ध गराउने कृषि कर्जाको पहुँच पुग्न सकेमा बाख्रापालन र सुन्तलाखेतीमा लगानी बढाएर थप व्यवसायिक बनाउने योजना रहेको जानकारी दिए । विदेशबाट गाउँमा फर्किएर धमाधम कृषि र पशुपालन ब्यवसाय सुरु गरेपछि परिवार संगै स्थानीयबासी समेत उत्साहित छन् ।