बेनी नगरपालिका–६ स्थायी घरभई हाल बेनपा–७ न्यूरोडमा बस्दै आएका पौडेलका पिता साहित्यकार, प्राज्ञिकब्यक्ति, प्रेमप्रसाद शर्माको बुधबार राती ७७ बर्षको उमेरमा निधन भएको हो ।

म्याग्दी जिल्लाका पुराना साहित्यकार एवम् शिक्षक समेत रहेका पौडेल जिल्लाको इतिहासका जानकार समेत रहेका थिए । करिव १८ बर्षको उमेरमा पुलाचौरको तत्कालिन चेतना पाठशालाबाट शिक्षण पेशा सुरु गरेका पौडेलले विभिन्न संघसंस्थामा समेत आवद्ध रहेका थिए । धार्मिक क्षेत्रको प्रर्वधनमा समेत सक्रिय रहेका पौडेलले यूवापुस्तालाई साहित्यको क्षेत्रमा सक्रिय बनाउन विभिन्न कृतिहरु समेत बजारमा ल्याएका थिए ।

म्याग्दीमा रहेको साहित्यिक संस्थाहरुका कार्यक्रममा समेत उपस्थिति भएर यूवाहरुलाई साहित्यको महत्वका बारेमा जानकारी गराउने र आफ्ना रचनाहरुको समेत वाचन गर्ने पौडेलको निधनले म्याग्दीको साहित्यको क्षेत्रमा अपुरणीय क्षती पुगेको म्याग्दी साहित्य समाजका प्रविण खत्रीले बताए । ‘उहाँबाट धेरै सिक्ने अवसर पाएका थियौं । हामीलाई अगाडी बढ्न समेत हौसला दिने गनुहुन्थ्यो’ उनले भने । पौडेलको बिहिबार विहान कालिगण्डकीमा दाहसंस्कार गरिएको छ । पौडेलको दाहसंस्कारमा जनसागर उर्लिएको थियो ।