आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा  कुल ७५ हजार ५३८ मतदाता कायम भएको छ । बेनी नगरपालिका र पाँचवटा गाउँपालिकामा प्रतिनिधिसभा सदस्य र प्रदेशसभाका लागि लक्षित गरी निर्वाचन कार्यालयले गत साउन १ देखि भदौ ३ गतेसम्म तस्विर सहितको मतदाता नामावली दर्ता अभियानमा चार हजार २३७ जना सहित पुराना मतदाता गरी उक्त संख्या कायम भएको निर्वाचन अधिकृत केदारनाथ पौडेलले बताए ।

‘चारहजार भन्दा धेरै मतदाता थपिएका छन् ।यसपटक धेरै मतदाताहरूलाई समेट्ने प्रयास गरेका थियौं’ पौडेलले भने ।उनका अनुसार ३९ हजार ४३५ महिला, ३८ हजार १०२ पुरुष, एकजना तेस्रो लिंङ्गी गरी ७५ हजार ५३८ मतदाता पुगेको छ। प्रतिनिधि र प्रदेशसभाका लागि जिल्लाका छ वटै स्थानीय तहमा तस्विर सहितको मतदाता नामावली दर्ता गरिएको थियो । नगर र गाउँपालिका अनुसारको मतदाताहरुको संख्या समेत सार्वजनिक गरिने निर्वाचन कार्यालयले जनाएको छ । गत बैशाख ३१ गते पहिलो चरणमा स्थानीय तह चुनाव भएको म्याग्दीमा ७१ हजार ४६३ जना मतदाता थिए । जिल्लामा नयाँ मतदाताको मत निर्णायक जस्तै हुने गरेको छ ।