बाम होईन दक्षिणपन्थीहरूको भेला ःसिपी गजुरेल

0

नेकपा ‐क्रान्तिकारी माओवादी) का उपाध्यक्ष सिपी गजुरेलले एमाले, माओवादी केन्द्र र नयाँ शक्ती नेपालवीच भएको तालमेल र पार्टी एकतालाई दक्षिणपन्थीहरूको भेलाको संज्ञा दिएका छन् । एमाले र माओवादी कम्युनिष्ट आन्दोलनका प्रतिक्रियाबादी र दक्षिणपन्थी भएको बताउँदै कम्युनिष्ट आन्दोलन छोडेर भागेकाहरूको एकतालाई बाम एकताको नाम दिन नमिल्ने बताए ।

निजी भ्रमणको सिलसिलामा म्याग्दी आएका गजुरेलले माओवादी केन्द्र विश्वकै महाअवसरबादी पार्टी भएको बताउँदै प्रचण्ड नैतिकता नभएको नेता र ओली नक्कली राष्ट्रबादको नेता भएको बताए । ओली प्रधानमन्त्री हुदाँ भारतीय नाकाबन्दी विरुद्ध काम गरेजस्तो गरेर स्थानीय तहको निर्वाचनसम्म प्रचार गरेपनि भारतको पक्षमा काम गर्ने प्रचण्डसंग एकता गरेर नक्कली राष्ट्रवादी नेता बनेको समेत उनले बताए । उनले जनयूद्धमा सहभागि भएका माओवादी केन्द्रमा रहेका कम्युनिष्ट विचारबादीहरूले समयमै विचार गर्नुपर्ने बताए ।

उनले माक्सबादको लाइन गलत भन्दै नयाँ शक्तीको स्थापना गरेका डा. बाबुराम भट्टराईको लाइनमा एमाले र माओवादी प्रवेश गरेको बताउँदै यसले देशमा ठुलो राष्ट्रघाती काम गर्ने दावी समेत गरे । ‘सरकारमा पनि बस्ने र प्रतिपक्षसंग एकता गर्ने प्रचण्डको अवसरबादी कार्यबाट केन्द्रभित्र रहेका सच्चा कम्युनिष्टहरुको समेत अपमान भएको छ’ गजुरेलले भने । पत्रकार सम्मेलनमा उनले माओवादी जनयुद्धको असली उत्तराधिकारी नभएको आरोप समेत लगाए । उनले अधिकांस’ समय बाम एकताको विरोध गरेका थिए । बाम एकता भन्नेहरुको विचमा बाबुराम भटराई देखिनुले विश्वभरका कम्युनिष्टहरुको अपमान गरेको समेत बताए ।

‘अहिलेको गठबन्ध बामपन्थीको नाममा ठगी गर्नेहरुको समुह हो । अव केहीदिनमा सच्चा कम्युनिष्टहरुको विचमा मोर्चा बन्छ’ उनले भने । उनले क्रान्तिकारी र देशभक्तहरु सचेत भएर मोर्चावन्दीले तत्कालै ठुलो धक्का नदिने भएपनि संघर्षको कार्यक्रम जारी रहने बताए । उनले पार्टीको राष्ट्रिय भेलामा समेत पछिल्ला घटनाक्रमलाई समेत लक्षित गरेर अगाडी बढ्ने बताए । उनले आगामी प्रतिनिधिसभा र प्रदेशसभामा आफ्नो पार्टीबाट समेत उम्मेदवारी दिने घोषणा गरे ।