प्रतिनिधि र प्रदेशसभा निर्वाचनको लागि नेकपा एमाले म्याग्दीले शुक्रबार उम्मेदवार सिफारिस गरेको छ । दुईदिनसम्म पार्टी कार्यालयमा जारी जिल्ला कमिटीको बैठकमा सहमतिबाट उम्मेदवार चुन्ने प्रयास सफल नभएपछि उम्मेदवारको लागि सिफारिस भएर आएका सबैको नाम प्रदेश कमिटिीमा पठाइएको छ ।

विभिन्न चरणमा गरिएको छलफलमा उम्मेदवारको आकांक्षी धेरै भएपछि प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यमा २८ जनाको नाम सिफारिस गरिर्एको छ । नेकपा एमालेका जिल्ला सचिप बालकृष्ण सुबेदीले बेनीअनलाइनलाई दिएको जानकारी अनुसार क्षेत्र नम्बर १ बाट प्रत्येक्ष उम्मेदवारमा भूपेन्द्र थापा, हरिकृष्ण श्रेष्ठ, बालकृष्ण सुबेदी, सन्तोष रावल, नारायण जिसी, दिपक कार्की, तर्क बहादुर कटुवाल, गोविन्द पौडेल र लोक बहादु भण्डारीको नाम सिफारिस गरिएको छ ।

थापा एमालेका बैकल्पिक केन्द्रिय सदस्य एवम् म्याग्दी इन्र्चाज, श्रेष्ठ पार्टी अध्यक्ष हुन् । त्यस्तै क्षेत्र नम्बर २ बाट प्रत्येक्ष तर्फ नवराज शर्मा,नरदेवी पुन, बलभद्र ढकाल, याम गर्बुजा रेशम भण्डारी रहेका छन् । शर्मा दोस्रो संविधान सभाका प्रत्येक्ष निर्वाचन सांसद र पुन समानुपातिक तथा पुर्वराज्यमन्त्री हुन् ।

बैठकले प्रतिनिधिसभाका लागि समानुपातिक तर्फ मुना बानियाँ, देउप्रसाद छन्त्याल, कृष्णकुमार विश्वकर्मा, यशोधा रोका, होम बहादुर थापा, केपी अधिकारी र प्रदेशसभामा पशुपति शाही, विष्णु गुरूङ, मिठु थापा, याम बहादुर खड्का, प्रेमप्रकाश रेग्मी, शंकर शेरचन, तेज गुरूङ र धनबहादुर गुरूङको नाम सिफारिसमा परेको छ ।

जिल्लामा सर्वसम्मतिको प्रयास गरिएपनि सहमति नभएपछि प्रदेश कमिटी र स्थायी कमिटीमा पठाईएको छ । केन्द्रबाट छनौट भएर आएको नाममा सबैलेसहमति जनाउने उम्मेदवारमा सिफारिस गरिएकाले प्रतिबद्धता जनाएका छन् । नेकपा एमाले, माओवादी केन्द्र र नयाँ शक्ती विचको एकताबाट बनेको बाम गठबन्धनमा म्याग्दी जिल्लामा माओवादी केन्द्रलाई समेत संघ वा प्रदेश पर्न सक्ने सम्भावना समेत रहेको जनाइएको छ । यसअगाडी माओवादी केन्द्र र नेपाली कांग्रेसले समेत उम्मेदवारको नाम सिफारिस गरेको छ । file photo