तातोपानीमा बाथरोगको निः शुल्क स्वास्थ्य शिविर

0
287

म्याग्दीको बेनी नगरपालिका–४ तातोपानीमा शनिबार निःशुल्क बाथरोगसम्बन्धी स्वास्थ्य शिविर सम्पन्न भएको छ । तातोपानी कुण्ड व्यवस्थापन समितिको आयोजना र नेशनल बाथरोग सेन्टर पोखरा शाखाको प्राविधिक सहयोगमा १ दिने स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।

तालबाराही मन्दिर पोखराका अध्यक्ष हिक्मत कुँवरको संयोजनमा तातोपानी कुण्डमा दोस्रोपटक निःशुल्क स्वास्थ्य सेवासम्बन्धी शिविर आयोजना गरिएको कुण्डले जनाएको छ ।

उक्त शिविरमा नेशनल बाथरोग सेन्टर पोखरा शाखाका फिजिसियन तथा बाथरोग विशेषज्ञ डा. नरेन्द्रप्रसाद मैनाली नेतृत्वको टिमले स्वास्थ्य परीक्षण गरेको थियो । शिविरमा १ सय २७ जना बिरामीहरुको स्वास्थ्य परीक्षण गरिएकोमा ३८ जनामा बाथरोग निक्र्योलसम्बन्धी रगतको चेकजाँच गरिएको तातोपानी कुण्ड व्यवस्थापन समितिका सहसचिव कुमार केसीले जानकारी दिए ।

यसैगरी ३० जनाको व्लड सुगरको समेत जाँच गरिएको छ । साथै बिरामीहरुलाई आवश्यक पर्ने ओैषधी नेशनल बाथरोग सेन्टर पोखरा शाखाको तर्फबाट निःशुल्क रुपमा वितरण गरिएको सचिव केसीले बताएका छन् । शिविरमा ल्याएर बाँकी रहेको झन्डै २० हजार बराबरको ओैषधीहरु सिङ्गा स्वास्थ्यचोैकीलाई हस्तान्तरण गरिएको थियो । कुण्डमा स्नान गर्न आउने बिरामीहरुलाई लक्षित गरी कुण्डले समयसमयमा शिविरलगायतका कार्यक्रमहरु गर्दै आइरहेको छ । पछिल्लो समय कुण्डमा बिरामीको चाप बढ्दै गैरहेको छ ।