म्याग्दीको दोस्रो ब्यापारिक केन्द्र दरवाङमा आइतबार देखी सुरु हुने म्याग्दी प्रवासी नेपाली संघ अन्र्तराष्ट्रिय कार्यकारी समितिको दोस्रो महाधिवेशनमाको तयारी पुरा भएको छ । विश्वभर रहेका म्याग्देलीहरुको साझा संस्था मोनाको महाधिवेशनका लागि प्रतिनिधि सहितको टोली दरवाङ प्रस्थान गरेको छ ।

महाधिवेशनका लागि दरवाङ बजार दुलही जस्तै रङ्गीएको छ । ‘तयारी पुरा भएको छ, निर्धारित समयमै उद्घाटन कार्यक्रम सुरु हुन्छ’ कोषाध्यक्ष चक्र बहादुर थापाले भने । उनका अनुसार प्रतिनिधि, कलाकार लगाएतको टोली दरवाङमा पुगेका छन् ।

महाधिवेशनका लाथि ब्यानर, ध्वजापटका, स्वागत गेट लगाएतको तयारीमा मालिका गाउँपालिकाले सम्पूर्ण काम सकेको छ । ब्यवस्थापनको जिम्मेबारी लिएको मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले महाधिवेशनलाई भब्य रुपमा सम्पन्न गर्न गाउँपालिकबाट आवश्यक सबै तयारी पुरा गरेको बताए । महाधिवेशनमा एनआरएन आइसीसीका अध्यक्ष शेष घले,

आगामी कार्यकालका अध्यक्षका उम्मेदवार भवन भट्ट, उपाध्यक्षका उम्मेदवार कुल आचार्य लगाएतको उपस्थिती हुने छ । जिल्लाबाट प्रमुख जिल्ला अधिकारी, जनप्रतिनिधि सहितको टोली समेत आइतबार विहान प्रस्थान गर्ने कार्यक्रम रहेको छ । असोज २२, २३ र २४ गते हुने महाधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्ने कार्यक्रम रहेको छ । २२ राष्ट्रबाट महाधिवेशनमा सहभागिता जनाउने आयोजकले जनाएको छ ।