म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तराष्ट्रिय कार्यसमितिको दोस्रो महाधिवेशनबाट अध्यक्षमा चक्र बहादुर थापा निर्विरोध निर्वाचित भएका छन् । पश्चिम म्याग्दीको मालिका गाउँपालिकाको दरवाङमा आयोजित महाधिवेशनबाट बरिष्ठ उपाध्यक्षमा राधिका गुरुङ टिका, उपाध्यक्ष योग कुमार फगामी, प्रेम रसाईली, महिला उपाध्यक्ष भूगोल शेरचन, महासचिव मिम पुर्जा, सचिव हरि राम्जाली मगर, सचिव विक्रम कार्की, कोषाध्यक्ष राम बहादुर खड्का, सहसचिव लोकनाथ पौडेल रहेका छन् ।

त्यसैगरी यूरोप क्षेत्रीय संयोजक लक्ष्मण गर्बुजा मगर, जापान रसिया प्यासिफिक क्षेत्रीय संयोजक ददिबल खड्का,अमेरिका माहादिप संयोजक ताराप्रसाद पुन मगर, महिला संयोजक पूर्णिमा पाईजा मगर, जापान प्यासिफिक क्षेत्रीय संयोजक तारा बहादुर कार्की रहेको महासचिव मिम पुर्जाले बेनीअनलाइनलाई बताए ।

उनका अनुसार मनोनित लगाएतका अन्य पदहरुमा बैठकबाट टुंगो लाग्ने छ । विश्वका विभिन्न देशमा रहेका मोनाका अध्यक्षहरु कार्यसमिति सदस्य रहने छन् । महाधिवेशनले विधान संसोधन सहित विभिन्न एजेण्डा समेत पारित गरेको छ । २२, २३ र २४ गतेसम्म चलेको महाधिवेशनको उद्घाटन एनआरएनएका अध्यक्ष शेष घलेले उद्घाटन गरेका थिए । महाधिवेशनमा म्याग्दी जिल्लाका लोपउन्मुल कला र संस्कृतिको प्रर्दशन समेत गरिएको थियो ।

मोना म्याग्दीको शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, सञ्चार, विपन्नको उपचार, विपद् व्यवस्थापनमा सहयोगी भुमिका निभाउदै आएको छ । म्याग्दीबाट विश्वभर रहेका म्याग्देलीको साझा संस्था मोनाले शिक्षा, स्वास्थ्य, विपद् ब्यवस्थापन र विकास निर्माण लगाएतका क्षेत्रमा करोडौं लगानी गरेको छ ।