अन्नपूर्ण पदमार्गका होटलमा कोठा थपिने

0

अन्नपूर्ण आधार शिविर (एबिसी) पदमार्गका विभिन्न ठाउँमा सञ्चालित होटलमा कोठा थप्ने तयारी भएको छ । हाल सञ्चालित होटलका कोठाले सिजनका बेला टेकिङ गएकापाहुनालाई बास बस्न अपुग भएपछि नयाँ कोठाथप्न लागिएको हो ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले संरक्षित क्षेत्रभित्र पर्ने उक्त पदमार्गमा सार्वजनिक जग्गामा बनेका होटलमा कोठा थप्न रोक लगाउँदै आएको थियो । एक्यापको संरक्षण क्षेत्रभित्रती होटल बनेका छन्। पदमार्गको अन्तिम बस्ती सिनुवापछि आधार शिविरसम्म सञ्चालित सबै होटल सार्वजनिक जग्गामा बनेका हुन् । वर्षाैंअघि बनेका ती होटलमा एक्यापले अतिरिक्त कोठा थप्न रोक लगाउँदै आएको थियो ।

एक्यापकी पर्यटन अधिकृत रश्मी आचार्यले एबिसी आधारशिविर पदमार्गका होटलमा कोठा थप्नेगरी प्रक्रिया थालेको बताइन् । ‘सिजनका बेला पाहुनालाई बास बस्न समेत ठाउँ पुगेन । त्यही भएर होटलमा कोठा थप्न प्रक्रिया अघि बढाएका छौं,’आचार्यले भनिन्, ‘सार्वजनिक जग्गामा बनेका होटलमा कोठा थप्ने गरी एक्यापले गाइड लाइन बनाएको छ ।’ उनका अनुसार यसपटक आधार शिविर जाने पाहुनानिकै बढेका छन् । होटलमा कोठा नहुँदा पाहुना डाइनिङ टेबल, भुइँ र गल्लीमा समेत सुत्न बाध्य भएको उनले बताइन्। सिजनका बेला अपुग भएपछि योप टक कोठा थप्ने गरी अनुमति दिन प्रक्रिया बढाएको उनले बताइन् ।

पदमार्गको अन्तिम बस्ती सिनुवापछि आधार शिविरसम्म सञ्चालित सबै होटल सार्वजनिक जग्गामा बनेका छन् । वर्षाैंअघि बनेकाती होटलमा एक्यापले अतिरिक्त कोठा थप्न रोक लगाउँदै आएको थियो । होटलमा कोठा नहुँदा पाहुना डाइनिङ टेबल, भुइँर गल्लीमा समेत सुत्नबाध्य छन् ।

उनका अनुसार अहिले पदमार्ग क्षेत्रका सार्वजनिक जग्गामा बनेका सबै होटलमा ६ वटाका दरलेकोठा छन् । अब १२ वटासम्म पुर्याउने कोठा थप्न अनुमति दिने तयारी भएको उनले बताइन् ।सार्वजनिक जग्गामा होटल बनाएकाले मात्रकोठा थप्नपाउने उनले बताइन् । घान्द्रुक क्षेत्रमा एक्यापको संरक्षित क्षेत्रभित्र सार्वजनिक जग्गा९७ वटा होटल छन् । तीमध्ये सिनुवा माथि आधार शिविरसम्म २६ वटा होटल छन् ।

२६ वटा होटलले ६ बाट बढाएर १२ वटासम्म कोठा पुर्याउनपाउने उनले बताइन् । बाँकी टाढापानी क्षेत्रका पदमार्गमा अहिलेपनि १२ वटासम्म कोठा रहेका छन् । टाढापानी क्षेत्रका होटलमा कोठा थप्न आवश्यक नरहेको उनले बताइन् । ‘आधारशिविर क्षेत्रका होटलमा मात्र कोठा थप्ने हो,’ उनले भनिन्, ‘टाढापानी क्षेत्रमा सार्वजनिक जग्गामाबाहेक निजीहोटल पनि रहेका छन् ।’

एक्यापका अनुसार एबिसीमाचार, माछापुच्छे आधारशिविरमा पाँच, देउरालीमाचार, हिमालयमादुई, दोभानमातीन, बाम्बुमापाँच र माथिल्लो सिनुवामातीनवटा होटल छन् । ती सबै सार्वजनिक जग्गामा बनेकाहोटल हुन् । प्रत्येक होटलमा ६ वटा पाहुनाकालागि र एक–एकवटा नेपाली सहयोगीका लागि कोठा बनाइएको छ ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का छोमरोङस्थित चेकपोस्टका कर्मचारी नेत्र शर्माका अनुुसार अक्टुबर लागेपछि आधारशिविर जाने विदेशी र नेपालीनिकै बढेका छन् । उनका अनुसार अक्टोबर लागेपछि दैनिकदुई सयदेखि चार सयजनासम्म विदेशी पाहुना आधारशिविरतिर गएका छन् । ती विदेशीका नेपाली सहयोगी र गाइड पनि थप एक सय ५० हाराहारी छन् । त्यसबाहेक दैनिक ५० जनाका दरले नेपाली पाहुना माथि लागेका छन् । ‘स्वदेशी, विदेशी र गाइड गरी एकैदिन करिब सात सयजना पाहुना आधारशिविर पुगेका छन्,’ शर्माले भने, ‘ती सबै पाहुना त्यहाँका सीमित होटलमा अट्दैनन् । होटलका सीमित संख्यामा कोठा हुँदा पाहुनालाई सास्ती छ ।’

पर्यटन व्यवस्थापन उपसमिति छोमरोङका उपाध्यक्ष राजकुमार गुरुङले होटलमा कोठा कम हुँदा सिजनका बेला पाहुनाले दुःखपाएको बताए । ‘कोठा थप्नुपर्यो भन्ने वर्षाैंअघिदेखि नै हामीले माग गर्दै आएका थियौं । अहिले केही प्रक्रिया सुरु भएको छ,’ उनले भने, ‘स्थानीयव्यवसायी, संरक्षण व्यवस्थापन समिति लगायतको सल्लाह मात्यसले मूर्तरूप लिनेछ ।’ सिजनका बेला कोठा अभावभएर पाहुना भुइँमा सुत्नुपरेको उनले बताए ।

सन् १९९० देखि एक्यापले उक्त क्षेत्रको संरक्षण गर्न थालेको थियो । ती सबै होटल एक्यापले संरक्षण थाल्नुअघि (१९८६) ताका बनेकाहुन् । एक्यापले लिएपछि उक्त क्षेत्रमा कुनैपनिहोटल थपिएका छैनन् । ‘धेरै वर्षअघिको पर्यटकको आगमनलाई हेरेर बनाइएका होटलले अहिलेको भीडभाड थेग्ने अवस्था छैन । त्यो बेला फाट्टफुट्ट पुग्ने पर्यटकका लागि यी होटल पर्याप्तहुन्थे । तर अहिलेको भीडलाई अपुगभयो,’ उनले भने, ‘त्यसैले पनि थप्न जरुरी भएको हो । करिब तीन दशकअघि बनेका होटलले अहिलेको भीडलाई थेग्न सक्दैन ।’ एक्यापले संरक्षण गर्न थालेपछि उक्त क्षेत्रमानयाँ र स्थायीपूर्वाधार बनाउन पूर्णरुपमा रोक लगाइएको थियो ।

एक्यापका वरिष्ठ प्राकृतिकस्रोत, संरक्षण अधिकृत राजकुमार गुरुङका अनुसार सार्वजनिक जग्गामा बनेका होटलले पोहोरदेखि मात्र भाडा तिर्न थालेका छन् । सार्वजनिक जग्गामा बनेकाहोटलले एक्यापलाई वार्षिक ७० हजार रुपैयाँसम्म भाडा तिर्न थालेका छन् । त्यसअघि होटलले तिर्ने भाडाबापतको रकम स्थानीय विकासमा खर्चने प्रावधानथियो ।
एक्यापको संरक्षित क्षेत्र भएकाले त्यहाँ व्यक्तिगत रुपमा होटल सञ्चालनगर्न नपाउने उनले बताए । व्यक्तिगत रुपमा सञ्चालन गर्दा मनपरी हुने भएकाले संरक्षण व्यवस्थापन समितिमार्फत होटल सञ्चालित थिए । ‘होटल चलाएबापत प्राप्त आम्दानी स्थानीयविकास निर्माण र संरक्षणमा खर्च हुँदै आएको थियो,’ उनले भने, ‘तर, पोहोरदेखि एक्यापलाई नै तिर्नुपर्ने प्रावधान तोकिएको छ ।’ उनले पनि कोठा थप्नपाउने गरी निर्देशिका बनेको जानकारी दिए । nagariknews.com