पारिवारीक निजी वन संघमा बानियाँ

0
241

पारिवारीक निजी वन संघ, नेपाल जिल्ला शाखा म्याग्दीको शुक्रबार भएको प्रथम अधिवेशनले रेशमबहादुर बानियाँको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

शाखाको उपाध्यक्षमा ईश्वर बानियाँ, सचिवमा रश्मी बानियाँ खड्का, सहसचिवमा विष्णु गुरुङ र कोषाध्यक्षमा रामबहादुर शाही चयन भएका छन्। यसैगरी कार्यसमिति सदस्यहरुमा धनबहादुर भण्डारी, गंगा घर्ती, रुमदेवी घर्ती, सन्तोष ढुङ्गाना, जीवन कार्की, कर्ण रोका, तेजकुमारी पुन, दधिलाल आचार्य, नगेन्द्र खत्री र गंगाबहादुर बानियाँ रहेका छन् ।

यसअघि अधिवेशनको उद्घाटन गर्दै जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीले हरेक क्षेत्रको अधिकार प्राप्त गर्नका लागि विभिन्न संघ तथा सङ्गठनमार्फत अगाडि बढ्नुपर्ने बताएका थिए । पारिवारीक तथा निजी वन संघ नेपालका केन्द्रीय सदस्य खुमप्रसाद सुवेदीले नेपालको ४२ जिल्लामा पारिवारीक तथा निजी वन संघ गठन गरिएको जानकारी दिए ।

कार्यक्रममा बेनी नगरपालिका वडानम्बर ८ का अध्यक्ष रामकृष्ण बराईली, ७ का वडाध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ, जिल्ला वन अधिकृत माधवप्रसाद देव, भू–संरक्षण अधिकृत दिवाकर पौडेल, पारिवारीक तथा निजी वन संघ पर्वतका अध्यक्ष ईश्वरी भूसाल, बागलुङका हरिप्रसाद शर्मा, गैरसरकारी संस्था महासंघका उपाध्यक्ष दीपक पौडेल, फेकोफनका अध्यक्ष सीता गुरुङ र मिलन म्याग्दीका कार्यवाहक अध्यक्ष विनय श्रेष्ठले मन्तव्य राखेका थिए ।

कार्यक्रम पारिवारीक निजी वन संघ म्याग्दीका तदर्थ समिति अध्यक्ष रेशमबहादुर बानियाँको अध्यक्षता, उपाध्यक्ष ईश्वर बानियाँको स्वागत र सचिव खरमाया बिटालुको सञ्चालनमा सम्पन्न भएको थियो ।