म्याग्दीमा सरुवा भएर आएको केही महिनामै प्रहरी नायव उपरिक्षक बशुन्धरा खड्काले बेनीनगरपालिका–७ बैङ्करोड नजिकबाट तीनतले घरको च्यानलगेट बन्द गरी तेस्रो तलामा बाहिरबाट ताल्चा लगाएर जुवा खेलिरहेको अवस्थामा जुवाघरकी सञ्चालिका सहित ८ जनालाई पक्राउ गरिन् ।

जिल्लामा पहिलो पटक आधुनिक जुवाघरमा छापा हानेपछि प्रहरीले थप निगरानी बढाउन थालेको थियो । बजारमा ब्यवसायीक रुपमा जुवाघर सञ्चालन भइरहेपनि प्रहरीको निगरानी कम भएको भन्दै गुनासो गर्नेहरुलाई चुनौती दिदै प्रनाउ खड्काले पक्राउ परेकालाई जुवा ऐन अन्र्तरगत कारवाही गरेर छाड्नि ।

प्रनाउ खड्काले सार्वजनिक कार्यक्रममा समेत जुवातास, लागुपर्दाथ दुब्र्यसनी, महिला हिंसा लगाएतका गतिविधिलाई न्यूनिकरण गर्ने प्रतिबद्धता समेत जनाउने गरेकी छन्। धेरै अगाडीबाट जुवा खेलाइरहेको स्थानमा प्रहरीले एक्कासी छापा मारेपछि आसपासका बासिन्दा समेत दंग परेका थिए । चाडपर्व सहित अन्य समयमा समेत बेनीबजार तथा आसपासका क्षेत्रमा जुवाघर सञ्चालन भइरहेको भन्दै प्रहरीले केही महिना यता बेनीबजारका होटल तथा गुनासो गरिएका घरहरुमा निगरानी बढाइरहेको छ ।

‘हामीले सुचना पाएको ठाउँमा तत्काल प्रहरी परिचालन गरेका छौ, चुनाव केन्द्रित सुरक्षा योजना अनुसार दैनिक बजार आसपासका क्षेत्रमा थप निगरानी समेत बढाइएको छ’ प्रहरी निरिक्षक सन्तोष रोकाले बेनीअनलाइनलाई भने । उनले बजारमा प्रहरीको नियमित गस्ती संगै साधा पोशाकमा समेत प्रहरी परिचालन भइरहेकाले कानुन विपरितका गतिविधिमा संलग्न भएकालाई पहिचान गरी कारवाही गरिने बताए ।

बेनीबजारका साथै ग्रामिण क्षेत्रमा समेत दैनिक माईकिङ गरी सर्वसाधारणलाई सचेत समेत बनाइएको छ । बेनीबजारमा प्रहरीले निगरानी बढाइरहेको सुईको पाएपछि बजारका पेशेवर जुवाडेले गोप्य ठाउँमा तास सहित विभिन्न रङका गोटीको प्रयोग गरी जुवा खेल्ने गरेका छन् ।

गोटीको प्रयोग गरी घरको माथिल्लो तलामा जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेकाहरुलाई नियन्त्रणमा लिएपछि जुवाडेले ठाउँ समेत परिवर्तन गरी जुवा खेलिरहेको आशंक समेत गरिएको छ । विषेश गरी दर्शैंतिहार आसपासमा बेनीबजारमा हजारौं रुपैयाँको तासलको खाल जम्ने गरेको छ । प्रहरीले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनलाई केन्द्रित गरेर बजारभित्र रहेका होटल तथा जिल्ला प्रवेश गर्ने नाकामा समेत निगरानी बढाइरहेको छ ।

’होटलमा समेत कडा निगरानी गरिएको छ । बेश्याबृत्तीलाई समेत रोक्ने प्रहरीले होटल ब्यवसायीलाई सचेत बनाइरहेको छ’ एक प्रहरीले भने । प्रहरीले नियमित, मोवाईल, साधा सहितको गस्ती गरिरहेको छ । यसैविच होटलमा चेकजाँच गर्ने क्रममा पिपलचोकबाट प्रहरीले ७ जना जुवाडेलाई पक्राउ गरेको छ । पक्राउ परेकालाई जुवा ऐन अन्र्तरगत कारवाही गरिने प्रहरीले जनाएको छ । प्रहरीले जुवाखाल सञ्चालन भइरहेको स्थानको सुचना पैसा नलाग्ने १०० नम्बरमा खवर गर्न समेत अनुरोध गरेको छ ।